चितवन । आठ वर्षअघिको सौन्दर्य प्रतियोगिताका आयोजकमध्येका एक युवकले आफूलाई बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा पीडित युवतीले भिडियो सार्वजनिक गरिन् । आठ वर्ष अघिको बलात्कारको घटना भए पनि यसको चर्चा संसदसम्म चुलियो । कानुनतः बलात्कार भएको एक वर्षभित्र प्रहरीमा उजुरी नभएर स्वतःरद्द हुन्छ । सौन्दर्य प्रतियोगितामा पीडित बनेकी युवतीको बलात्कारको घटना त आठ वर्षअघिको थियो ।
आठ वर्षअघिको घटना अहिले चर्चाको शिखरमा छ । बलात्कार भएपछि उजुरी दिने एक वर्षको हदम्याद हटाउन सरकारलाई चौतर्फी दबाब परिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा हदम्याद हटाउन तयार भएको बताएका छन् । बलात्कार मुद्दामा रहेको एक वर्षको हदम्याद हटाउन सवत्र्र चासो भइरहेको छ।
राष्ट्रियसभा सदस्य बेल्वासेले बालिकाको हकमा हदम्याद हटाउनुपर्ने विषयको प्रस्ताव सत्ता पक्षले गरेको र सबैले त्यसको पक्षमा समर्थन गर्ने प्रष्ट पारिन् । उनले अहिले महिला आन्दोलनमा उठेको बलात्कारको हदम्याद गम्भीर विषय रहेको बताइन् । उनले भनिन्, ‘महिला आन्दोलनमा उठेको गम्भीर विषय मध्येको एक हो हदम्याद, यसलाई हामीले साझा मुद्दाको रुपमा हेरेका छौँ ।
सदनमा पनि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन वा नहटाउने बहस चलिरहेको छ। मौजुदा मुलुकी अपराध संहिता–२०७४ अनुसार बलात्कारसम्बन्धी घटनामा जाहेरी दिने हदम्याद एक वर्षको छ।
राष्ट्रिय सभा सदस्य गङ्गाकुमारी बेल्वासेले बलात्कारको घटनामा राखिएको एक वर्षको हदम्याद बालिकाको हकमा हट्नुपर्ने बताएकी छिन् । उनी राष्ट्रियसभा सदस्य कमला पन्त प्रस्तावक भएर राष्ट्रियसभामा बालिकाको हकमा हदम्याद हटाउनुपर्ने र अन्यको हकमा पुनर्विचार गर्नुपर्ने मागसहितको सङ्कल्प प्रस्ताव दर्ता गर्दा प्रस्तावका समर्थक पनि हुन् ।
राष्ट्रियसभा सदस्य बेल्वासेले बालिकाको हकमा हदम्याद हटाउनुपर्ने विषयको प्रस्ताव सत्ता पक्षले गरेको र सबैले त्यसको पक्षमा समर्थन गर्ने प्रष्ट पारिन् । उनले अहिले महिला आन्दोलनमा उठेको बलात्कारको हदम्याद गम्भीर विषय रहेको बताइन् । उनले भनिन्, ‘महिला आन्दोलनमा उठेको गम्भीर विषय मध्येको एक हो हदम्याद, यसलाई हामीले साझा मुद्दाको रुपमा हेरेका छौँ । कतिपय घटनामा बालिकाहरु आफ्नै आफन्तबाट बलात्कारको शिकार भइरहेका छन्, उनीहरु तत्काल भन्न डराउन सक्छन् । यसका कारण पनि हदम्याद हट्न जुरुरी छ ।’
बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भए पनि न्याय पाउने उनी बताउँछिन् ।
‘बालिका कतिपय अवस्थामा भन्न डराउँछन् । उनीहरुलाई बलात्कार भएछु भन्नेसम्म थाहा हुँदैन । तर, यदी हदम्याद पूर्ण रूपमा हटाए उमेर पुगेपछि वा पीडितले साहस गरेपछि ढिलै भए पनि न्याय पाउँछन्’ उनले भनिन्, ‘बलात्कार भएपछि पनि भन्न नसक्ने जस्ता धेरै हाम्रो समाजमा लुकेर बसेका छन्, यस्ता कयौँ कारणले हदम्याद हट्न जरुरी छ । हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँच नभएको उनको भनाइ छ।
यसअघि राष्ट्रिय सभामा पटकपटक हदम्याद हटाउने विषयमा बहस र दबाब भइरहेका थिए, हालसम्म पनि यसको निक्यौल हुन सकेको छैन । यसपटक हदम्याद हटाउने विषयमा केही न केही निर्णय हुने उनले बताइन् ।