चितवन । नेपाली कांग्रेस चितवनले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कपि उपहार दिइएको छ ।
चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँ, राप्तीका उपप्रमुख देवेन्द्र लामा, माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतो लगायत जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गर्न कपि कलम दिइएको हो।
सोही क्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।
सम्मान कार्यक्रममा पार्टीका उपसभापति पूर्णबहादुर खड्का सहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, शान्ती परियार, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ लगायतको उपस्थिती थियो ।