परासी । नवलपरासी (पश्चिम) प्रहरीले शुक्रबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी गोवरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं ३ बड्सारे निवासी २२ वर्षीय शिवचन्द कोइरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं ३ पिपरामौवामा अनटेस्ट अपाची मोटरसाइकललाई रोकी चेकजाँच गर्नेक्रममा मोटरसाइकलको लेगार्डमा झुण्ड्याएर ल्याएको झोलाभित्र आलुसँगै लुकाइछिपाइ राखेको नुफिन ३२० एम्पुल, फेनारागन ३२० एम्पुल र डाइजेपाम ३२० एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलसहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जनाएको छ ।