चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चितवन जिल्ला इन्चार्ज रेनु दाहालले ७ हजार बढीले अग्रता लिएकी छन् ।
८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ । उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।