चितवन । भरतपुर महानगरपालिकाको गणना भइरहेको छ । महानगरका ८ वटा वडाको गणना सकिँदा माओवादी केन्द्रले अहिलेसम्म एउटा वडा सदस्य पनि जित्न सकेको छैन । नेकपमा माओवादी केन्द्रकी जिल्ला इन्चार्ज रेनु दाहालले भरतपुरको मेयर पदमा मतान्तर बढाइरहँदा वडामा माओवादी शून्य छ ।
८ वडाका ३२ जना सदस्यमा कांग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जनाले जित्दा माओवादी केन्द्रको वडा सदस्य हालसम्म शून्य रहेको छ । ८ वटा वडामा माओवादीका १० जना वडा सदस्य थिए, तर एक जना वडा सदस्यले पनि जित हासिल गर्न सकेनन् । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले ६, नेकपा एमालेले १ र एकीकृत समाजवादीले १ वडाध्यक्ष जितेका छन्।