चितवन । नेकपा (माओवादी केन्द्र) चितवनको खैरहनी नगरपालिकाको स्थानीय तहको नेतृत्वमा शून्य देखिएको छ । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा छन् । खैरहनीमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको माओवादी केन्द्र । कांग्रेसले मेयर जित्दा माओवादी केन्द्रको आफना एक वडा सदस्य समेत छैन ।
गठबन्धनमा भागबन्डा गर्दा खैरहनीको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । त्यस पश्चात् पार्टीको निणर्य अनुसार माओवादी केन्द्रले मेयरमा र पालिका भित्रको ६ वटा वडामा उमेदवारी नै दिएको थिएन ।
उपमेयरमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उमेदवारी दिएकी थिइन् । त्यस्तै, वडाहरु १,२,३,४,५,८ र ११ मा त्रमशः रामशरण कँडेल, हेमनाथ अर्याल, दलबहादुर सुनार, कृष्णबहादुर बस्नेत , प्रकाश कुँवर, रामशरण कार्की र मधुसुदन उप्रेतीले वडाध्यक्षमा आफनो उमेदवारी दिएका थिए । बाकिँ वडा ६,७,९,१०,१२ र १३ मा माओवादी केन्द्रले आफनो उमेदवारी दिएको थिएन ।
वडा नम्बर १ मा माओवादी केन्द्रले वडाध्यक्षमा नेपाली कांग्रेसलाई समर्थन गरेको थियो । माओवादीको समर्थन पाएको उक्त्त वडामा नेपाली कांग्रेसका नवराज भूसाल निर्वाचित भए । त्यस्तै, २ मा माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गरेको थियो । माओवादी केन्द्रका उमेदवार हेमनाथ अर्याल २६३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
वडा नम्बर ३ मा माओवादी केन्द्रले आफनो उमेदवारी दिएतापनि नेपाली कांग्रेसलाई समर्थन गरेको थियो । ३ मा माओवादीको समर्थन पाएकाले नेपाली कांग्रेस विजयी भयो । त्यस वडामा माओवादी केन्द्रका उमेदवार दल बहादुर सुनारले १४ मत प्राप्त गरे ।
वडा नम्बर १ मा माओवादी केन्द्रले वडाध्यक्षमा नेपाली कांग्रेसलाई समर्थन गरेको थियो । माओवादीको समर्थन पाएको उक्त्त वडामा नेपाली कांग्रेसका नवराज भूसाल निर्वाचित भए । त्यस्तै, २ मा माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गरेको थियो । माओवादी केन्द्रका उमेदवार हेमनाथ अर्याल २६३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
खैरहनी ४ मा पनि कांग्रेसले माओवादी केन्द्रको समर्थन पाएको थियो तर, त्याहाँ कांग्रेसले पराजय भोगनु पर्यो । सो वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उमेदवार कृष्णबहादुर बस्नेतले मात्र ७ मत प्राप्त गरे । खैरहनी ५ मा माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गरेको थियो । ५ नं वडामा माओवादी केन्द्रका उमेदवार प्रकाश कुँवरले २६२ मत प्राप्त गरे ।
बजार क्षेत्रमा पर्ने वडा नं ८ मा माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गरेको थियो । सो वडामा माओवादी केन्द्रका उमेदवार रामशरण कार्की पाँचौँ नम्बरमा परे । उनले कुल मत १२३ प्राप्त गरे । त्यस्तै माओवादीले मित्रवत् प्रतिस्पर्धा गरेको अर्को वडा ११ नं मा माओवादी उमेदवार मधुसुदन उप्रेतीले २७८ मत प्राप्त गरे उनी तेस्रो स्थानमा सिमित भए ।
सम्रगमा हेर्दा खैरहनीमा माओवादी केन्द्रकी उपमेयर पदकी उमेदवार लक्ष्मी ढमाल बाहेक खैरहनीमा माओवादी केन्द्रका उमेदवार सबै आफना प्रतिद्धन्दी सामु निरिह बने । उपमेयरमा पराजित भएतापनि सुरुवाती चरणमा ढकालले आफनो प्रतिद्धन्दी एमालेकी कविता उप्रतीलाई पछाडि पारेकी थिइन् । उपमेयर बाहेक सबै वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उमेदवारदेखि सदस्यसम्मले लज्जास्पद हार बेहोरेका छन्।
खैरहनीमा गठबन्धन हुदाँ पनि माओवादी केन्द्र निरिह देखियो । माओवादी केन्द्रको भोटलाई मेयर पद र वडाध्यक्ष पदको सीढी बनाएर चडेको नेपाली कांग्रेस, गठबन्धन प्रति इमान्दार देखिएन कि ?