चितवन। चितवनकोको ७ स्थानीय तहमध्ये चारको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । भरतपुर महानगरपालिकासहित थप दुई पालिकाकोको मतगणना जारी छ ।
नेकपा (एमाले)ले जिल्लाको एकमात्र गाउँपालि इच्छाकामनामा अध्यक्ष र उपाध्यक्ष र दुई पालिका माडी र कालिकाको मेयर जितेको छ भने खैरहनी नगरपालिका र कालिकाको उपमेयर समेत जितेको छ । त्यस्तै माडी नगरपालिकाको उपमेयर नेपाली कांग्रेसले जितेको छ ।
गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अहिलेसम्म एक नगरपालिका (खैरहनी) को मेयर जितेको छ । बाकीँ तिन पालिकाको मतगणना भइरहेको छ । एक नगरपालिका (राप्ती)मा समाजवादी अघि छ भने एक नगरपालिक (रत्ननगर)मा नेपाली कांग्रेसको अग्रता छ ।
त्यस्तै, सबैको चासो रहेको जिल्लाको एकमात्र महानगर भरतपुरमा माओवादी केन्द्रको अग्रता कायमै छ ।