चितवन । कुनै समय दानबहादुर गुरुङ मार्करले वाइटबोर्डमा लेखेर विद्यार्थी पढाउँथे । विद्यार्थीको लागि प्रिय सर थिए । शिक्षकहरुलाई मार्ग निर्देशन गर्थे । हेड सर बनेर स्कुल हाँकिरहेका थिए । नेकपा एमालेले इच्छाकामनाको अध्यक्षको उमेदवारमा गुरुङलाई अघि सा¥यो ।
हुन त उनको शिक्षण पेसाबाट पेन्सन हुन अझै चार वर्ष बाँकी नै थियो । तर पार्टीको प्रस्तावलाई उनले सहज स्वीकार गरे । शिक्षण पेसाबट राजीनामा दिए, पार्टीले इच्छाकामनाको मेयरको टिकट दियो । उनी प्रचारप्रसारमा दौडिए । चुनाव भयो । कांग्रेसको गढ भत्काउँदै पाँच दलीय गठबन्धनलाई पछार्दै इच्छाकामनाको मेयरमा जिते गुरुङ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मतान्तरले निर्वाचित भएका हुन् । गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्। गठबन्धनका उमेदवारलाई इच्छाकामनामा एमालेले एक्लै लडाएको हो ।
दानबहादुर गुरुङ अब हेडसरबाट अध्यक्षसाब भएका छन् । उनी चितवनका एक चिरपरिचित व्यक्तित्व हुन् । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकको बागडोर गुरुङले सम्हादैछन् । शिक्षण पेसा पनि सेवाको पेसा हो । तर, पनि समाज सेवा गर्ने शिक्षा भन्दा अर्को क्षेत्र राजनीति हो । त्यस्तै अब बाँकी जीवन राजनीतिमा होमिएर गरिब दुःखी जनताको सेवामा समर्पण गर्ने लक्ष्यका साथ गुरुङ आएका छन् । विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरे गुरुङ अब हेडसरबाट अध्यक्षसाब बनेका छन् ।