चितवन । चितवनमा स्थानीय सरकारको नेतृत्व ५० वर्ष मुनिका उमेदवारको हातमा परेको छ । यसपटकको स्थानीय तहको निर्वाचनमार्फत पालिकाको साँचो अधिकांश ५० वर्षमुनिका उमेर समूहको हातमा गएको छ ।
माडी नगरपालिकाको साँचो ४६ वर्षकी नेकपा एमालेकी नेतृ ताराकाजी महतोको हातमा परेको छ । उनी हिजो (मंगलबार) मात्रै नगर प्रमुखमा निर्वाचित भइसकेकी छन् । विगत केही वर्षदेखि राजनीति र समाजसेवामा सक्रिय ताराकाजीले ४६ वर्षकी उमेरमा नगर प्रमुखको नेतृत्व लिएकी छन् ।
खैरहनी नगरपालिकाका साँचो पनि ५० वर्ष मुनिकाको हातमा गएको छ । खैरहनीमा नेपाली कांग्रेसबाट ४४ वर्षीय शशि खनियाँ निर्वाचित भएका छन् ।
इच्छाकामना गाउँपालिकाको साँचो पनि ५० वर्षका दानबहादुर गुरुङले लिएका छन् । गुरुङ एमालेबाट निर्वाचित भएका छन् ।
कालिका नगरपालिकाको साँचो पनि ५० वर्षका विनोद रेग्मीको हातमा गएको छ । उनी एमालेबाट निर्वाचित भएका छन् । कालिका नगरपालिकाका नगरवासीमा चिरपरिचित रेग्मीले उक्त क्षेत्रका स्थानीयको अवस्था र आम नगरवासीको जनचाहनालाई बुझेर काम गर्ने बताउँदै आएका छन् ।
सबैभन्दा कम उमेर भएका युवा राप्ती नगरपालिकाका मेयर पदका उमेदवार शमशेर लामा मतमा अगाडि छन् । उनी जम्मा ३५ वर्षका छन् । उनले जिते भने ३५ वर्षमै राप्तीको साँचो लिने छन् ।
भरतपुर महानगरपालिकामा पनि माओवादी केन्द्रकी नेतृ ४५ वर्षीया रेनु दाहाल मतमा अगाडि छन् । उनले जितिन भने ४५ वर्षमै रेनु भरतपुरको साँचो फेरि लिनेछिन् ।
भरतपुर महानगरपालिकामा पनि माओवादी केन्द्रकी नेतृ ४५ वर्षीया रेनु दाहाल मतमा अगाडि छन् । उनले जितिन भने ४५ वर्षमै रेनु भरतपुरको साँचो फेरि लिनेछिन् ।
रत्ननगरका ४६ वर्षीय नेपाली कांग्रेसका प्रल्हाद सापकोटा पनि अगाडि छन् । उनले जिते भने रत्ननगरको साँचो लिनेछन् ।
त्यस्तै चितवनको उपमेयरमा तीन जना महिलाले नेतृत्व लिएका छन् । तीन जना ५० वर्ष मुनिका छन् । नव निर्वाचित महिला उपमेयर बिमला तामाङले ४३ वर्षको उमेरमा कालिका उममेयर सम्हाल्ने भएकी छन् । उनी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।
त्यस्तै नेकपा एमालेबाटै उपमेयर पदकी उमेदवार ४३ वर्षीया कविता उप्रेती खैरहनीबाट निर्वाचित भएकी छन् भने इच्छाकामना गाउँपालिकाकी माया सिलवालले ४८ वर्षको उमेरमा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट निर्वाचित भएकी हुन् ।
यता, राप्तीमा पनि ४२ वर्षीय देवेन्द्र लामाले नगर उपप्रमुखका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनले नेपाली कांग्रेसबाट उमेदवारी दिएका छन् ।