चितवन । चितवनमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लामा रहेका सात पालिकामध्ये तीन पालिका एमालेले जितेको छ । अब बाँकी रहेका चार पालिका सबै एउटै पार्टीले जित्ने सम्भावना नै छैन । जसका कारण तीन पालिकाको मेयर जितेर एमाले चितवनमा ठूलो पार्टी बन्न सफल भएको छ । गठबन्धनसँग एक्लै लडेर एमालेले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका जित्यो । राप्रपासँग तालमेल गरेर एमालेले माडी नगरपालिका पनि हत्यायो ।
नेकपा एमालेले खैरहनी नगरपालिकामा उपमेयर जित्ने निश्चितजस्तै भएको छ । यस नगरपालिकाको नतिजा पनि लगभग अन्तिम चरणमा रहेको छ । यस नगरपालिकामा उपमेयर एमालेकी उमेदवार कविता उप्रेतीले नै जित्ने पक्का पक्की भएको छ । उक्त नगरपालिकामा उपमेयरमा उप्रेतीकी निकतटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उमेदवार लक्ष्मी ढकाललाई पराजित गरी उप्रेती विजयी हुने निश्चितप्राय भएको छ । रत्ननगर नगरपालिकामा पनि एमालेले उपमेयर जित्ने सम्भावना बढी छ ।
खैरहनीको ६ वटा वडामा एमाले विजयी भइसकेको छ । उक्त नगरपालिकाको वडा नम्बर ४ मा वेदबहादुर उप्रेती, वडा नम्बर ५ मा छत्रनाथ सुवेदी, वडा नम्बर ६ मा कमलप्रसाद न्यौपाने, वडा नम्बर ७ मा मनेजर महतो, वडा नम्बर ९ मा बन्धुराम महतो र वडा नम्बर ११ मा दिपेन्द्रकुमार दरै विजयी भएका छन् ।
कालिकाको उपमेयरका १० हजार ४ सय ४० मत ल्याई एमालेकी उमेदवार बिमला लामा निर्वाचित भएकी छन् । उनले आफ्ना निकतटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिता लामालाई ७ सय ६२ मतले हराएकी हुन् । प्रतिद्वन्द्वी सबिता लामाले ९ हजार ६ सय ७८ मत प्राप्त गरेकी हुन् ।
कालिका नगरपालिकाको मेयरमा १० हजार ७ सय १४ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार विनोद रेग्मी विजयी भएका छन । रेग्मीले आफ्ना प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उमेदवार शिवराम केसीलाई १ सय ४३ मतको अन्तरले पराजित गराएका हुन् । प्रतिद्वन्द्वी केसीले १० हजार ५ सय ७१ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपमेयरको पद पनि एमालेले नै कब्जा गरेको छ । कालिकाको उपमेयरका १० हजार ४ सय ४० मत ल्याई एमालेकी उमेदवार बिमला लामा निर्वाचित भएकी छन् । उनले आफ्ना निकतटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिता लामालाई ७ सय ६२ मतले हराएकी हुन् । प्रतिद्वन्द्वी सबिता लामाले ९ हजार ६ सय ७८ मत प्राप्त गरेकी हुन् । उक्त नगरपालिकाको ४ वटा वडामा एमाले विजयी भएको छ । वडा नम्बर २ मा लक्ष्मण पौडेल, वडा नम्बर ४ मा मकरमा श्रेष्ठ, वडा नम्बर ९ मा निलकण्ठ मगर र वडा नम्बर ११ मा कृष्णबहादुर प्रजा विजयी भएका छन् ।
इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पद नै एमालेले कब्जा गरेको छ । उक्त गाउँपालिकामा एमालेको जित सुनिश्चितप्राय भइसकेको छ । पछिल्लो मत परिणाम अनुसार गाउँपालिकाका अध्यक्ष पदका उमेदवार दानबहादुर गुरुङ र निकतटम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसकी उमेदवार गीता गुरुङको प्रतिश्पर्धामा दानबहादुरले १५ सय बढी मतले अग्रता लिएका छन् ।
दानबहादुरले बिहान साढे १० बजेसम्मको अपडेटमा ५ हजार ४६० मत प्राप्त गरेका छन् । उनले निरन्तर अग्रता लिइरहेका छन् । मूख्य निर्वाचन अधिकृतले घोषणा नगरेपनि उनको जित सुनिश्चितप्राय भएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार माया सिलवालले गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवार बनेका माओवादी केन्द्रका प्रताप गुरुङलाई २७१ मतले पछाडि पारेकी छन् । पछिल्लो अपडेट अनुसार सिलवालले ४ हजार ७ सय २२ मत प्राप्त गरेकी छन् । इच्छाकामनाको ५ वडामा एमालेबाट वडाध्यक्ष विजयी भएका छन् । इच्छाकामना २ मा पञ्चबहादुर प्रजा, ३ मा नरबहादुर नेपाल, ४ मा तेजबहादुर शेरचन र ७ मा लक्ष्मण प्रजा विजयी भएका छन् ।
यता, माडीको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई २ हजार १ सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।
माडीको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई २ हजार १ सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित महतोले ९ हजार ९ सय एक मत प्राप्त गर्दा काफ्लेले जम्मा ७ हजार ७ सय २९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । त्यस्तै वडातर्फ ६ नम्बरबाट दिपेन्द्रराज पौडेल विजयी भएका छन् ।
राप्ती नगरपालिकाको हालसम्मको मत परिणाम अनुसार मेयरमा नेकपा (एकिकृत समाजवादी) बाट मेयर पदका उमेदवार शमशेर लामाले अग्रता लिएका छन् । हालको परिणाम अनुसार ७ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । भने एमालेबाट उमेदवार दिएका गोविन्द कँडेलले ७ हजार ८० मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार लामाभन्दा २ सय मतले कँडेल पछाडि रहेका छन् । यस नगरपालिकाको वडा नम्बर ४ मा केदार आचार्य, ५ मा सिताराम तामाङ, ६ मा जल्लु महतो थारु, ८ मा पूर्णप्रसाद आचार्य र ९ मा खङ्क तामाङ विजयी भएका छन् ।