चितवन । चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर १० मा एमालेले आफनो विरासत गुमाएको छ । सो वडामा नेपाली कांग्रेसका चन्द्रविक्रम चौधरीसहित उनको प्यानल नै विजयी भएको हो ।
यस अघिको स्थानिय निर्वाचनमा एमालेले प्यानलै जितेको खैरहनी १० मा यस पटक कांग्रेसले एमालेको विरासत खोसेको हो । चन्द्रविक्रम चौधरीले आफनो निकतटम प्रतिद्धन्दी एमालेका उम्मेदवार कारीराम चौधरीलाई १०४ मतको फराकिलो अन्तरले पराजीत गरेका हुन् ।
चन्द्रविक्रम चौधरीले १ हजार ५५ मत प्राप्त गरे भने कारीराम चौधरीले १ हजार ७५१ मत ल्याए ।