चितवन । चितवनमा एमालेका केन्द्रीय सदस्यदेखि एमाले चितवनका अध्यक्षको वडामा नेकपा एमालेको वडाध्यक्षका उमेदवार पराजित भएका छन् । जिल्लादेखि केन्द्रसम्मै राम्रो पकड भएका नेताहरुको वडामा एमाले निरिह देखिएको छ । एमाले फुटबाटै जन्मेको समाजवादीले एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको वडामा विजयी हुदाँ थुप्रै वडामा एमालेको लालकिल्ला भत्काउँदै कांग्रेस विजयी भएको छ ।
एमाले चितवनका अध्यक्षको वडामा समाजवादीको उदय
चितवनको माडी नगरपालिका वडा नम्बर ७ एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको गृह वडा हो । स्थानीय निर्वाचन २०७९ मा यस वडामा एमाले पराजित भएको छ । वडाध्यक्षमा एकिकृत साजवादीकी चन्द्रा बानियाँ निर्वाचित भएकी छन् । बानियाँको निकतटम प्रतिद्धन्दी नेकपा एमालेका विष्णु आचार्यले ७६१ मत प्राप्त गरे । आचार्य बानियाँसँग ३५ मतले हारे । बानियाँले कुल ७९६ मत प्राप्त गरिन् ।
एमाले फुटपछि जन्मेको साजवादीले एमाले चितवनका अध्यक्ष न्यौपानेको वडामा एमालेको विरासत मात्रै ढालेन, बानियाँलाई जारी स्थानीय तहको निर्वाचन अन्तरगत चितवन जिल्लामै पहिलो निर्वाचित महिला वडाध्यक्षको रुपमा प्राप्त गर्यो । यस वडामा एमालेले आफ्नो साख गुमायो ।
एमाले फुटपछि जन्मेको साजवादीले एमाले चितवनका अध्यक्ष न्यौपानेको वडामा एमालेको विरासत मात्रै ढालेन, बानियाँलाई जारी स्थानीय तहको निर्वाचन अन्तरगत चितवन जिल्लामै पहिलो निर्वाचित महिला वडाध्यक्षको रुपमा प्राप्त गर्यो ।
देवी ज्ञवालीको वडामा निरिह एमाले
देवी ज्ञवालीको गृह वडा भरतपुर महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमाले पराजित भयो। नेकपा एमालेका वडाध्यक्ष पदका उमेदवार भानुभक्त सापकोटालाई ८६८ मतको अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका उमेदवार अर्पण पोख्रेल विजयी भए ।
वडाध्यक्षमा निर्वाचित पोख्रेलले २५०१ मत प्राप्त गरे भने नेकपा एमालेका उमेदवार सापकोटाले १६३३ मत प्राप्त गरे ।
यस अघिको २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको एमालेकालागि मेयरका उमेदवार समेत रहेका ज्ञवालीको वडामा एमाले त्यसबेला ७ मतले विजयी भएको थियो ।
ज्ञवाली एमालेका केन्द्रीय सदस्य हुन् । एमालेको केन्द्रीय तहमा राम्रो पकड भएका ज्ञवालीकै वडामा यसपटक एमालेले हार बेहोरेको छ ।
जेएन थपलिया र कमल पाठकको वडामा पनि एमाले स्तब्ध
एमालेका केन्द्रीय सदस्य जग्गनाथ थपलिया र एमाले चितवनका उपाध्यक्ष कमल पाठकको गृह वडा खैरहनी ३ मा पनि नेपाली कांग्रेसले वडाध्यक्षमा विजयी हासिल गरेको छ । एमालेकी वडाध्यक्ष सुकुमाया घिसिङ ८० मतको अन्तरले पराजित भइन् ।
कुनै समय एमालेको लालकिल्ला भनिएको यो वडामा अहिले एमाले पछारिएको छ । सोही वडाकी सुनिता थपलिया खैरहनी नगरपालिकाकी पहिलो उपमेयर बनेकी थिइन् । खैरहनीमा अहिले एमालेबाट उपमेयरमा उठेकी उमेदवार कविता उप्रेती पनि सोही वडाकी हुन् । खैरहनी ३ मा एमालेले आफ्नो साख गुमाएको छ ।