चितवन। नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका–१ मा यसपटक राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टीकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यहरुमा पनि राप्रपाकै उमेदवारहरु विजयी भए । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जयनारायण लामिछाने निर्वाचित भए । माडी–९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् ।
दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका शिवहरि सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए । वडा सदस्यहरुमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङ्तान विजयी भए ।
इच्छाकामना गाउँपालिका–२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो।
खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । वडा नम्बर २ को वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको हो । खैरहनी नगरपालिकाको वडा नम्बर २ बाट वडाध्यक्षमा रोहिणी उप्रेती विजयी भएका हुन् । वडा नम्बर २ नेपाली कांग्रेसको राम्रो पकड भएको ठाँउ मानिन्छ । उप्रेतीले ११६८ मत प्राप्त गरे त्यस्तै उनका निकटम प्रतिद्धन्दी सूर्य चिन्हका उमेदवारले ५८४ मत प्राप्त गरेका छन् । उप्रेती ५८४ मतअन्तरका साथ विजयी भएका छन् ।
राप्ती नगरपालिकामा एमालेले विजयी सुरुवात गरेको छ । जारी मतगणनामा राप्ती ६ को वडा अध्यक्षमा जल्लु महतो विजयी भएका छन् । उनले १८१६ मत प्राप्त गरे । उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट बिक्रम चौधरीले १११३ मत प्राप्त गरे । वडा अध्यक्षमै समाजवादीबाट शुक्रराज चौधरीले ९५ मत प्राप्त गरे । राप्रपाबाट संजय चौधरीले १८९ मत प्राप्त गरे ।
विजयी एमालेबाट महिला सदस्यमा ममिता कुँवरले १७५८, दलित महिला सदस्यमा गुनु सुनारले १७५२, खुल्ला सदस्यमा राजकुमार तामाङले १६५३ र अर्का खुल्ला सदस्यमा सहदेव सेढाईले १४७७ मत प्राप्त गरे । कालिका नगरपालिका वडा नं ११ मा एमाले बिजय भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजयी भएका हुन । बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अघिनै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भै सकेकी छन ।
इच्छाकामना गाउँपालिका वडा नं १ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगर विजयी भएका छन् । कडा प्रतिस्पर्धा भएको यो वडामा सुरुवात देखि नै नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मत अन्तरले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्तबहादुर राना मगरले ६३९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्दन्दी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् । इच्छाकामना–१ मा एक हजार ३२६ मत खसेको थियो । एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उमेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गिताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् । उपाध्यक्षका उमेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा यो वडा एमालेले जितेको थियो ।
खैरहनी नगरपालिका १ को वडाध्याक्षमा नेपाली कांग्रेसबाट उमेदवार नवराज भुसाल विजयी भएका छन्। उनले १०९४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट उमेदवार वसन्त लामिछानेले ९३३ मत पाएका छन्।
खैरहनी नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रोहिणीप्रसाद उप्रेतीसहित उनको प्यानल नै विजयी भएको हो । १ हजार १ सय ६८ मत ल्याएर उप्रेती विजयी भएका छन् ।
उनले आफ्नो निकतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकमल पाण्डेलाई दोब्बर मतले पराजित गरे । एमालेका पाण्डेले ५८४ मत , माओवादी केन्द्रका हेमनाथ अर्यालले २६३ मत , एकीकृत समाजवादीका दीर्घविक्रम केसीले १२५ मत र राप्रपाका शालिक केसीले १४१ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा कमला खनाल १ हजार १८४ मत , दलित महिला सदस्यमा मीना सुनार १ हजार २०६ मत ,सदस्यहरुमा आशी दराई १ हजार ६९ मत र युवराज बोगटी १ हजार ७५ मत ल्याएर विजयी भएका हुन् । माडी नगरपालिका ८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी निर्वाचित भएका छन । राप्रपाका माडी नगर अध्यक्ष समेत रहेका भण्डारीले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीलाई पराजित गरेका हुन्। भण्डारीले ६५४ मत पाउँदा अधिकारीले ५८९ मत पाए ।
सो वडामा वडाध्यक्ष बाहेक दलित महिला सदस्य र खुला सदस्यपदहरु एमालेले जितेको छ भने महिला वडा सदस्यमा राप्रपा र एमाले उम्मेदवारले ५५१ बराबरी मत ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा समेत सो वडामा भण्डारी र अधिकारी बिचमै मुख्य प्रतिस्पर्धा भएकोमा अधिकारी निर्वाचित भएका थिए । यसपटक राप्रपा र एमालेबिच नगरप्रमुख र उपप्रमुखमा तालमेल भएपनि वडा तहमा प्रतिस्पर्धा भएको थियो ।
यस्तै नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका–१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टीकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यहरुमा पनि राप्रपाकै उमेदवारहरु विजयी भए । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जयनारायण लामिछाने निर्वाचित भए ।
कालिका नगरपालिका वडा न १० को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका नरजङ्ग प्रजा विजयी भएका छन । उनले ४९२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।
जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए । कालिका वडा न १० बाट मेयरमा एमालेका बिनोद रेग्मीले –२९६, गठबन्धन (नेका) का शिवराम केसीले ५१८ र उप–मेयरमा एमालेका बिमला लामाले– ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले– ४८१ मत प्राप्त गरेका छन् ।
इच्छाकामना – ३ को वडाध्यक्षमा एमालेका नरबहादुर नेपाल विजयी भएका छन्। गठबन्धनका उम्मेद्वारलाई ११ मतले पराजित गर्दै वडाध्यक्षमा नेपाल निर्वाचित हुन् । उनले ८६० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शरद पोख्रेलले ८४९ मत प्राप्त गरे। यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएका छन्। यो वडा पहिले माओवादी केन्द्रले जितेको थियो ।