चितवन। माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नेता घनश्याम दवाडी बिजयी भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा लामाले लोकप्रीय १०१८ मत पाउँदै वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमाले नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाए। राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत ल्याए ।
सो वडामा बाम लोकतान्त्रिक गठबन्धनबाटै महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बि.क. र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान बिजयी भएका छन् ।
माडी नगरपालिका वडा नं. ९ मा माओबादी केन्द्र विजयी

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु