चितवन । माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका अमित लामा विजयी भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत पाए। त्यस्तै एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत ल्याए ।
सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली काँग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो विजयी भएका छन् ।
चितवनको माडी नगरपालिका वडा नं. १ मा राप्रपा विजयी
चितवनको माडी नगरपालिका वडा नं. १ मा राप्रपा विजयी
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु