चितवन । राप्ती नगरपालिकामा एमालेले विजयी सुरुवात गरेको छ । जारी मतगणनामा राप्ती-६ को वडा अध्यक्षमा जल्लु महतो विजयी भएका छन् । उनले १८१६ मत प्राप्त गरे । उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट बिक्रम चौधरीले १११३ मत प्राप्त गरे ।
त्यस्तै गरि वडा अध्यक्षमै समाजवादीबाट शुक्रराज चौधरीले ९५ मत प्राप्त गरे । राप्रपाबाट संजय चौधरीले १८९ मत प्राप्त गरे ।
विजयी एमालेबाट महिला सदस्यमा ममिता कुँवरले १७५८, दलित महिला सदस्यमा गुनु सुनारले १७५२, खुल्ला सदस्यमा राजकुमार तामाङले १६५३ र अर्का खुल्ला सदस्यमा सहदेव सेढाईले १४७७ मत प्राप्त गरे ।
यो वडामा स्थानीय तहको निर्वाचनमा ३४८३ मत खसेको थियो ।