भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले निशेधाज्ञा अवधिको जरिवाना छुटको उपयोग गर्न अनुरोध गेको छ । केन्द्रले एक सूचना जारी गर्दै निशेधाज्ञा शुरु भएको बैशाख १७ देखि असार २५ गतेसम्मको महसुलको जरिवाना छुटको उपयोग गर्न आग्रह गरेको हो । सूचनामा भोलि शुक्रबार देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएकोले यसपछिको एकहप्ता मात्र छुट पाउने भनिएको छ । आगामी बुधबार सम्म मात्र उक्त सुबिधा पाउने र जरिवाना नलाग्ने भएको हुनाले यथाशिघ्र महसुल बुझाउनु उप्रान्त नियमानुसार शुल्क लाग्ने वितरण केन्द्रले जनाएको छ ।
विद्युत महसुलको निशेधाज्ञा अवधिको जरीवाना छुटको उपयोग गर्न वितरण केन्द्रको अनुरोध
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु