चितवन । राप्ती नगरपालिकाको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको थियो । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएको हो । राप्ती वडा नं ६ को ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १५२ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका शमसेर लामाले १ सय ३ मत प्राप्त गरेका छन् । राप्रपाका मनोज अधिकारीले १, स्वतन्त्रबाट विक्रम महतोले ५, मौलिक जरोकिलो पार्टिका कुशल पाठकले १ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले १ सय ७० र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ९७ मत प्राप्त गरेका छन । स्वतन्त्रबाट जितबहादुर विकले २ मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो ।
राप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर उपमेयरमा एमालेको अग्रता
राप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर उपमेयरमा एमालेको अग्रता
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु