काठमाडौं । हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या गरिएको छ ।
रोयटर्सका अनुसार त्यहाँका राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा गोली हानिएको थियो ।
घटनामा उनकी श्रीमती घाइते भएकी छन् । मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग भइरहेको थियो ।
कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा लगातार प्रदर्शन भइरहेका थिए । उनको हत्या कसले गर्यो भन्ने केही खुल्न सकेको छैन ।