चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका ५ को भण्डारा अस्पतालको केन्द्रबाट मतदान गरेका छन् ।
केही दिनदेखि नै चितवनको चुनावी प्रचारप्रसारमा रहेका पाण्डे आज बिहानै मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।