चितवन । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पाँच नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा केशव पौडेललाई निलम्बन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै पाँच जनालाई सदस्यबाट निलम्बन गरेको जनाएका छन् ।