चितवन ।बाम लोकतान्त्रिक गठबन्धनबाट माडीको नगरप्रमुखका उम्मेदवार ऋषिराम काफ्ले माडीलाई देशकै नमुना स्मार्ट नगरपालिका बनाउने बताउनुभएको छ ।
गठबन्धनले माडी-४, अम्रौलीमा सम्पन्न गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले नगरपालिकाका संस्थापक नगरप्रमुख ठाकुर प्रसाद ढकालको अगुवाईमा ५ बर्षको अवधीमा माडीको मुहार फेरिएको बताउँदै ढकालकै बाटो पछ्याउने बताउनुभयो ।
आफ्नो नेतृत्वमा माडी नगरपालिकामा पछिल्लो सुचना प्रविधि सहितको शिक्षा र पर्यटनको हब बनाउने भन्दै उहाँले कृषि र पशुपालनको विकास गर्ने, जातीय विभेद हटाउने, नगरपालिकामा सुशासन कायम गर्ने, बजारहरुमा सि.सि.टि.भी. जडान गर्ने लगायतका योजना सुनाउनुभयो ।’आफू बरु सकिन तयार हुने तर कुनै व्यक्तिगत वा पारिवारिक स्वार्थ बोकेर नहिँड्ने’ काफ्लेको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप-प्रमुखका उम्मेदवार खेम प्रसाद महतोले मतदाता शिक्षामा जोड दिनुभयो । आफूहरुलाई हार्ने छुट नभएको भन्दै गठबन्धनलाई मत दिन सबैमा अनुरोध समेत गर्नुभयो ।