चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्टले बताएको छ ।
भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताए ।
भण्डारीको शवको पोष्टमार्टम काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो । मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ ।
भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताए ।