चितवन । पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेद्वार रेनु दाहालले अब बन्ने सडक ड्रेनसहितको हुने बताउनुभएको छ ।भरतपुर वडा नम्बर १० को संयुक्त गठबन्धनको सम्पर्क कार्यालय उद्घाटनपछिको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दाहालले यसअघि पनि पुलचोक–गोन्द्राङ ६ लेनसडक, बाईपास रोड, प्रचण्डमार्ग र केही भित्री सडकहरुमा डे«न निर्माण भएको उल्लेख गर्नुभयो ।भरतपुरको कोर एरियामा ड्रेनसहितका सडक अहिले पनि छन्, अन्य सडकहरुमा पनि ड्रेनसहित स्र्माट लाईट पनि जडान हुने कार्य भइरहेका छन्–उहाँले भन्नुभयो ।‘अब बन्ने सडक ड्रेनसहितका हुन्छन्,उहाँले भन्नुभयो,‘भरतपुरलाई अब सफा र हरियालीमा जोड दिन्छौ । वडामा एक वटा अनिर्वाय पार्क पनि निर्माण गर्छौ ।’
उम्मेद्वार मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउन आवश्यक पर्ने सुचकहरुलाई मध्यनजर राख्दै विकासको क्रमलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।जनताको चहाना अनुसारको विकास नै महानगरको मुख्य प्रथामिकता रहने दाहालको भनाई थियो ।