काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन अुनरोध गरेको छ ।
कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लाभांश लिन नआएकाले लिन अनुरोध गरेको हो ।
हालसम्म पनि लाभांश नलिएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो शेयर प्रमाणपत्रका साथ यो सूचना प्रकाशित भएको एक महीनाभित्र सम्पर्क गरी लिन सक्नेछन् ।
यस समय अवधिभित्र लाभांश लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगाकीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।