चितवन । पत्रकारको कुनै रंग हुनुहुदैन, पत्रकारको कुनै जात हुनुहुदैन, पत्रकारको कुनै धर्म हुनुहुदैन र पत्रकारको कुनै दल हुनुहुदैन । पत्रकार सधै स्वत्रन्त्र हुनुपर्छ र समाजको हुनुपर्छ ।
तर, यहाँ त पत्रकारितानै रंगिन छ । पत्रकारको जात हुन्छ, धर्म हुन्छ, दल हुन्छ ।
भन्ने गरिन्छ , प्रेस सधैं सत्ताको विपक्षमा रहन्छ। राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गर्ने कामको निगरानी गर्ने जिम्मेवारी पाएकैले त होला प्रेसले आम नागरिकबाट चौथो अंगको सम्मान पाएको। त्यही सम्मानमा नै आँच आयो भने के होला ?
केही महिना अघि भरतपुर महानगरमा म एउटा रिपोटिङ्गको शिलशिलामा पुगेको थिए । चितवनमा पत्रकारिता गर्न थालेपछि मेरो पहिलो रिपोटिङ्ग थियो त्यो । मैले त्यहाँ निजामती सेवामा कार्यरत एक अधिकृतसँग प्रश्न गर्नुपर्ने थियो र गरे पनि । मेरो प्रश्न सकि नसक्दै उहाँले मलाई प्रश्न गर्नुभयो । भाइ तिमी कुन पार्टीको पत्रकार ?
म एकछिन् स्तब्ध भए ।
अनि उहाँको उत्तर पनि प्रश्नमै फर्काए । तपाई कुन पार्टीको कर्मचारी ? कर्मचारी पार्टीका हुदैनन् । उहाँले जवाफ दिनुभयो । अनि पत्रकार चै हुन्छन् त ? मैले फेरी प्रश्न गरे ।
यहाँ त राजनितिमै लागेर बल्ल पत्रकार हुन्छन्, तिमिलाई थाहा छैन ? उहाँले प्रश्न गर्नुभयो ।
हुन पनि हो । नेपालको पत्रकारिता यस्तै छ । यहाँ अहिले मेरो कुरामात्र आएको छैन, मेरो साथमा पुरै नेपालको पत्रकारिता आएको छ, जसको हालत आजभोली निकै लाजमर्दो छ । यहाँ जुनकुनै साधारण व्यत्तिले बताउन सक्छ कि कलम बोकेर समाजको निगरानी गर्ने पत्रकार कुन पार्टीको झोला बोक्छ । आम जनताको कुरा सुन्ने भन्दा नेताका आरोप प्रत्यारोप सुन्दैमा पत्रकारको दिन बित्छ ।
पत्रकारका संगठन दलका भ्रातृ संगठन बनेका छन् । हामी आफैले पत्रकारिता पेशालाई सम्मान गर्न भुलिसकेका छौँ । जुन पेशा अँगालेर हामीले सम्मान पाइरहेका छौँ, त्यही पेशालाई हामीले सम्मानित बनाउन चुकिरहेका छौँ ।
केही हजारमा र चुनावको टिकटमा हामीले आफनो इमान बेच्नु हुदैन । तर, यहाँ त्यही हुन्छ । त्यसकारण गोजी (पकेट)का पत्रकारको ट्याग सम्म लाग्न थालिएको छ हामीलाई ।
एक निजामती कर्मचारीलेसम्म जुन पार्टीको पत्रकार हो त्यही अनुसार जवाफ फर्काउला भनेर कुन पार्टीको हो ? भनेर सोध्छन् । व्यापारीले विज्ञापन दिन कुन पार्टीका हौँ ? भनेर सोध्छन् । मानौँ हामीलाई चन्दा दिइरहेका छन् ।
पत्रकारका संगठन दलका भ्रातृ संगठन बनेका छन् । हामी आफैले पत्रकारिता पेशालाई सम्मान गर्न भुलिसकेका छौँ । जुन पेशा अँगालेर हामीले सम्मान पाइरहेका छौँ, त्यही पेशालाई हामीले सम्मानित बनाउन चुकिरहेका छौँ ।
पछिल्लो समय प्रेसका पाइलाहरु कतै भड्किएझैं देखिन्छ। जुन प्रकारको पत्रकारिता विकास भइरहेको छ, त्यसले साँच्चैको लोकतन्त्रलाई रक्षा गर्न सक्छ त ? पक्कै पनि गर्दैन । अहिले त पत्रकारनै न्यायधिश बनेका छन् । कलम र क्यामरा बोक्ने जो कोहिले पत्रकारिताको ट्याग पाउँदा देश दुर्घटनामा जान सक्छ । युटुबमा राम्रो पत्रकारिता भन्दा हाम्रो पत्रकारिता मौलाइ रहेको छ । यस्ता कुराले ठूलो असर पार्छ समाजमा, तर हामी नजरअन्दाज गर्दै छौँ ।
नागरिक हुनको लागि सूचनाको स्वतन्त्रता र प्रमाणिकता जरुरी हुन्छ । अहिले मिडिया र त्यसको व्यापारमा राज्यको पूरै नियन्त्रण छ । मिडियामा नियन्त्रणको मतलब हो, हाम्रो नागरिक हुनुको परिधि कम हुँदै जानु ।
केही समय अघि वर्ष २०१९ को प्रतिष्ठित रेमोन म्यागसेसे पुरस्कार प्राप्त गरेका भारतीय पत्रकार रवीश कुमारले भनेका थिए जब मिडिया नै नागरिकविरुद्ध हुन्छ, नागरिकले मिडिया बन्नुपर्छ ।
अहिले मिडियानै नागरिकविरुद्ध छन् । अब नागरिकले मिडिया बन्नुपर्ने आवश्यकता देखिएको छ ।
नागरिक हुनको लागि सूचनाको स्वतन्त्रता र प्रमाणिकता जरुरी हुन्छ । अहिले मिडिया र त्यसको व्यापारमा राज्यको पूरै नियन्त्रण छ । मिडियामा नियन्त्रणको मतलब हो, हाम्रो नागरिक हुनुको परिधि कम हुँदै जानु ।
पत्रकारितामा प्रयोग भैरहेको बहसको भाषाले लगातार जनतालाई राष्ट्रवादको दायराबाट बाहिर निकाली रहेको छ । मिडियाको भाषामा दुई प्रकारका नागरिक छन् – एउटा नेसनल र अर्को एन्टी नेसनल । एन्टी नेसनल ती हुन्, जो प्रश्न गर्छन्, विमति राख्छन् । विमति लोकतन्त्र र नागरिक हुनुको आत्मा हो । त्यो आत्मामा प्रत्येक दिन आक्रमण भइरहेको छ ।
त्यस्तै, नेपालको मिडिया पढे–लेखेका नागरिकलाई दिन–रात अबुझ बनाउन लागिरहेको कुरामा यथार्थ छ । उसले अन्धविश्वासबाट घेरिएका नागरिकलाई सचेत र समर्थ बनाउने प्रयास छोडिसकेको छ । अन्धराष्ट्रवाद र साम्प्रदायिकता उसको सिलेबसको अंग बनेको छ ।
के हाम्रो पत्रकारितामा प्रश्न गर्ने दम छ ?, राजनीतिक दलहरु नागरिकप्रति उत्तरदायी भएनन् भनिरहँदा पत्रकारिता नागरिकप्रति उत्तरदायी बनेको छ कि साँठगाँठ र लेनदेनमा अल्झिएको छ ?
नोट : वर्ष २०१९ को प्रतिष्ठित रेमोन म्यागसेसे पुरस्कार प्राप्त गरेका पत्रकार रवीश कुमारको विचारबाट प्रभावित।