चितवन। पाँच दलीय गठबन्धन तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदकी उम्मेद्वार रेनु दाहाल आफु विकासको पक्षपाती भएको बताएकी छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट दोस्रो कार्यकाल भरतपुर महानगरको मेयर पदमा उम्मेद्वार बनेकी दाहालले सक्षिप्त भेटमा त्यस्तो बताएकी हुन् । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिंदै गर्दा महानगरको एउटा विकासको झलक देखिने बताउँदै अझै धेरै काम पाइपलाइन रहेको बताइन् । उनले भनिन, ‘पाइपलाईनमा रहेका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेद्वारी हो ।’
उनले सरसर्ती आफु र आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएको विकासबाट आफु उत्साहित भएको बताउँदै अधुरा र अपुरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिइन् । र भनिन् ‘भरतपुरमा जे जस्तो विकास भएको छ त्यस बाट म उत्साहित छु सायद आम महानगरबासी पनि उत्साहित हुनुहुन्छ भन्ने मलाई लागेको छ । यो विकास मेरो एक्लो पहलबाट मात्र सम्भव भएको होइन, यसमा सबैको साथ सहयोग छ । माथि देखि तल आम सर्वसाधारण सम्म लाई यसको जस जान्छ । यसमा जति मेरो योगदान छ, त्यो भन्दा बढी नेतृत्व तह जसले यहाँ बजेट पार्नको लागि अथक प्रयास गर्नुभयो, अनि त्यत्तिकै योगदान छ चितवन जिल्ला नेतृत्व, पालिका तहमा रहनुुुहुने आम नागरिक जसले कार्यान्वयन तहमा सहज वातावरण बनाउन सहयोग गर्नुभयो ।’
उनले केही अपवादलाई छोडेर समग्र चितवनका राजनीतिक पार्टीबाट आफु र आफ्नो टीमले साथ पाएको स्मरण गरिन् । तर पछिल्ला दिनमा भने त्यस्तो साथ सहयोग टुट्दै आएको बताउँदै उनले भनिन् “विकासको काम कसैको पक्ष र विपक्षमा हुँदैन भन्ने मेरो भावना हो । साथ पनि त्यसै गरि पाएँ, त्यसैले जुन लक्ष्य थियो धेरै पुुरा भएका छन् । केही बाँकी छन् ती काम पुरा गर्ने मेरो दायित्व हो ।” उनले फेरी दोह¥याउँदै भनिन् ‘त्यसैलेपनि दोस्रो कार्यकालको लागि उम्मेद्वारी दिएकी हुँु । आशा एवं विश्वास छ, फेरी पनि यहाँहरुको साथ र सहयोग पाउने छु ।” पहिलो कार्यकालको शुरुआतका दिन केही समस्या भोगेकी दाहालले पछिल्लो समयमा एउटा पक्षले यहाँकोे विकासलाई विकास नै देखेन् । त्यसले पनि उनलाई केही खल्लो महशुस भने भएको छ ।
पछिल्लो समयमा सिटी हल र छ लेन सडकको शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्रीले मञ्च बाटनै तपाईको मेयर कहाँ पिकनिक खान गएकी छन भनेर तुच्छ रुपमा भनेको प्रसंग उठाउँदै काम शुरु भएको चारचार महिना पछि आएर शिलान्यास । त्यसमा पनि महानगरीय सिटीहल अनि महानगको पहलमा निर्माण शुरु भएको छ लेन सडक सुटुक्क थाहै समेत नदिई शिलान्यास गरिएको विषय उनले उठाइन् । दाहालकै भनाई लाई आधार मान्दा पछिल्लो समय केपी ओली सरकारले भरतपुर महानगरलाई सौतेनी व्यवहार नगरेको भए यो भन्दा धेरै काम अगाडि बढिसक्ने थियो । भरतपुर विमानस्थल विस्तारको काम शुरु भइसक्थ्यो, उज्ज्यालो भरतपुर अभियानको काम सम्पन्न भइसक्थ्यो । अन्य पूर्वाधारका काम पनि यो भन्दा धेरै बनिसकेका हुने थिए ।
हिजो विकासमा सहयात्रीमै रहेका केही व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा आउँदै गर्दा भरतपुरको विकास विकासनै होइन भन्ने गरेकाहरुलाई दाहालले उनीहरुलाई हिजोआज चुनौती दिन थालेकी छन् । चितवनको क्षेत्र नम्बर २ बाट दुई दुई पटक प्रतिनिधिसभा सदस्य जितेका कृष्णभक्त पोखरेललाई चुनौती दिंदै तपाईको १० वर्षको कार्यकालमा कहाँ के के विकास गर्नुभयो भनेर प्रश्न राख्न थालेकी छन । त्यस्तै प्रश्न उनले आफ्नो प्रतिद्वन्द्वी नेकपा एमाले बाट उम्मेद्वार बनेका बिजय सुवदीलाई पनि राख्न थालेकी छन् । सडक बनाउनु कुनै मानेमा विकास होइन, महानगरले बनाउन लागेको प्रशासकीय भवनको लागि गर्ने खर्च घाँस पेलेर तेल निकाल्न प्रयोग गर्नुपर्छ भन्दै आएका सुवेदीलाई उनले एउटा कार्यक्रममा तपाईले चार वर्षमा गरेको विकास देखाउनुहोस कहाँ के गर्नुभयो ? भनेर प्रश्न गरिन ।
केही दिन अगाडि चितवनमा भएको चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधन रेनु दाहालको प्रसंसामा केन्द्रित गरेका थिए । रेनु जस्ता उम्मेद्वारलाई हराउन गठबन्धन टुटाउन षडयन्त्र भइरहेको र गठबन्धन टुटदा काँग्रेस पार्टीनै खत्तम हुने अभिव्यक्ति दिएका थिए । रेनु दाहाल जस्तालाई हरायौं भने चितवनका जनताले के भन्लान भनेर कार्यकर्तालाईनै प्रश्न समेत गरेका थिए ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनले सबै भन्दा बढी लाभ नेपाली काँग्रेसलाई भएको र अव पनि काँग्रेसलाईनै हुने बताएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा १४६ सीटमा उम्मेद्वारी दिएको काँग्रेसले २३ सिटमा सिमित भएको अवस्था देखि गठबन्धन बन्दै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको, कृष्णचन्द्र नेपाली मुख्य मन्त्री बनेको चितवनका बलराम पौडेल र मिलन श्रेष्ठलाई गाडीमा झण्डा हल्लाउँदै हिड्ेने र राष्ट्रिय सभामा काँग्रेसले छ सिट थप्न सफल भएको विषय उठाएका थिए । उनले काँग्रेसी मतदातालाई इमान्दार भएर गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए ।