चितवन । विजय सुवेदी अहिले नेकपा एमालेकालागि भरतपुरका मेयर पदका उमेदवार छन् । यसअघि उनी बागमती प्रदेशका सांसद थिए । यता मेयरको टिकट पाएपछि उनले प्रदेश सांसदबाट राजीनामा दिए ।
कहिले सांसद त कहिले मन्त्री, पदबिना बस्नै नसक्ने नेताका रुपमा छन्, विजय सुवेदी । अष्टलक्ष्मी शाख्य मूख्यमन्त्री हुँदा ५६ दिन नै भएपनि सामाजिक विकास मन्त्री समेत भएका थिए विजय सुवेदी ।
केही दिनअघि पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख पदकी उमेदवार रेनु दाहाले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वार उनै विजय सुवेदीलाई प्रश्न गरिन् तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ?
सामान्यतया, यो प्रश्न एक उमेदवारले अर्को उमेदवारलाई सोध्ने भन्दा मतदाताले सोध्ने प्रश्न जस्तो लाग्छ तर, भरतपुर–२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उमेदवार रेनु दाहालले राप्रपा–एमाले गठबन्धनका उमेदवार विजय सुवेदीलाई इङ्कित गर्दै त्यस्तो प्रश्न सोधेकी हुन् ।
भरतपुर महानगरपालिका प्रमुख पदमा उमेदवार दिएकी दाहाल भरतपुर महानगरको प्रमुख पदबाट राजीनामा दिएर दोस्रो कार्यकालको लागि उमेदवार बनेकी हुन भने, सुवेदी बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखका लागि प्रत्यासी बनेका हुन् । सधै पद ओगटेर बस्ने अनि विकासको काममा माखो नमार्ने सुवेदीलाई, विकास खै ? भनेर गरिएको प्रश्न हो यो ।
अहिले भरतपुरको विकासको मूल फुटाउने गुरुयोजना भन्दै मतदाताको घरआँगनमा मत माग्न पुगेका सुवेदीले खुटासम्म ढोगेर मेयर पद भरतपुरबासीसँग मागिरहेका छन् । पदबिना बस्नै नसक्ने उनले जनताको काम कहिले गर्लान ? आफु विजय भएको ठाँउमा विकासको सिन्को नभाच्ने सुवेदीलाई जनताले फेरि पल्याउलान् त ? सधै पदमा बस्ने बानी परेको उनलाई पदको भोक कहिले मेटिएला ?
हुनपनि हिस्ट्री हेर्ने हो भने विजय सुवेदी निर्वाचनमा विजय पश्चात् आश्वासनमात्र बाड्छन् । उनले काम भन्दा कुरा र गफ ठूला दिन्छन् । उनी आफ्ना पार्टी अध्यक्ष केपी ओलीको पदमार्गमा छन् । विजय सुवेदीको राजनिति हिस्ट्री हेर्दा उनी २०३६ सालमा रामपुर पाल्पामा रहँदादेखिनै कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए । त्यसपछि सुवेदीले सोही वर्ष पाल्पामा तत्कालिन नेकपा (माले) निकट युवा लिगको सदस्य लिए । सोही वर्ष अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको सदस्य भए ।
पाल्पाबाट चितवन आएका उनले २०३९ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता लिए । ०३९ सालमै अनेरास्ववियू चितवनको कोषाध्यक्ष भएलगत्तै २०४० सालमा अनेरास्ववियू चितवनको सचिवको जिम्मेवारी लिए। कोषाध्यक्ष र सचिव पदमा रहेर संगठन संचालन गरेका सुवेदीले त्यसबेला उल्लेखनिय कामगर्न चुक्दा चुक्दै पनि उनलाई लगातार अनेरास्ववियूको तीन कार्यकाल अध्यक्ष सम्हाल्ने जिम्मेवारी आएको जानकारहरु बताउँछन् । सुवेदीले २०४१, २०४२ र २०४५ सालमा अनेरास्ववियू चितवनको अध्यक्ष भएर संगठन पनि चलाए ।
त्यसै बीचमा सुवेदी २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च चितवनको अध्यक्ष भए । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बने । २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सचिव भएर काम गरे ।
त्यसपछि उनी २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य भए । तत्कालिन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उनले २०४९ सालमै समाल्ने मौका पाए । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव भए । त्यति हुदाँ हुदै पदभनेपछि हुरुक्कै हुने सुवेदीले यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी समाल्न पुगे । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उनले पार्टीको कामलाई निरन्तरता दिए । जनप्रतिनिधि हुँदा पनि जनताको काम थाती राखेर पार्टीको काममा मरिहत्ते गर्ने सुवेदीलाई पार्टीले समेत राम्रै सहयोग ग¥र्यो फलस्वरुप सुवेदी पदबिना बस्नै परेन।
त्यसपछि सुवेदी प्रदेश सांसद हुदै मन्त्रिसम्म बने। हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका उनी राजनीतिमा पार्टीको काम गरेपनि जनताको काम गर्न सधैँ चुके ।
अहिले भरतपुरको विकासको मूल फुटाउने गुरुयोजना भन्दै मतदाताको घरआँगनमा मत माग्न पुगेका सुवेदीले खुटासम्म ढोगेर मेयर पद भरतपुरबासीसँग मागिरहेका छन् । पदबिना बस्नै नसक्ने उनले जनताको काम कहिले गर्लान ? आफु विजय भएको ठाँउमा विकासको सिन्को नभाच्ने सुवेदीलाई जनताले फेरि पल्याउलान् त ? सधै पदमा बस्ने बानी परेको उनलाई पदको भोक कहिले मेटिएला ?