चितवन । पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर सहर । नेपालका छ वटा महानगरपालिका मध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलब ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरा पछि तेस्रो स्थानमा छ भरतपुर ।
नेपालको क्षेत्रफलको सुन्य दशमलब २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलब २६ प्रतिशतको हाराहारीमा जनसंख्या रहेको भरतपुर महानगर चर्चाको हिसाबले नेपालकै केन्द्र विन्दुमा छ । झन पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक हुँदै गर्दा भरतपुर चर्चा झनै उच्च शिखरमा छ ।
वितेको पाँच वर्षको कार्यकालमा महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर चर्चाको शिखरमा पुगेको हो । छोटो समयमा बढी विकास गरेर कसरी आफ्नो उत्कृष्ठताको नमूना प्रस्तुत गर्न सफल भयो ? क्षेत्रफल र जनसंख्याको हिसाबले सानो भएर पनि किन चर्चाको शिखरमा छ भरतपुर महानगर ? यस विषयमा हामीले यस अंकमा केही खोतल्ने प्रयास गरेका छौं ।
नारायणी नदी तटमा रहेको विकासको दृष्टिकोणले प्रशस्त सम्भावना बोेकेको भरतपुर महानगर नेपालको सबैभन्दा तीब्र गतिले विकास भइरहेको सहरहरु मध्येको एक मात्र होइन शिर्ष स्थानको सहर हो । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत नेपलाको केन्द्रीय राजधानी काठमाण्डौं र मध्य क्षेत्रमा पर्ने गण्डकी र बागमती प्रदेशलाई तराई संग जोड्ने श्रृखला एवं नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरु रहेका छन भने अन्य आवश्यक पूर्वाधारका साधनहरु नगरको अन्य क्षेत्रहरुमा रहेका छन् । कुल २९ वटा वडा रहेको भरतपुरको जनसंख्या अघिल्लो जनगणनामा दुई लाख ८० हजारको हाराहारीमा मात्र थियो ।
कसरी बन्यो महानगर ?
बिक्रम सम्बत २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय गरि फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित गरि भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरिएको हो । भरतपुर लाई उपमहानगरपालिका बाट स्तर उन्नती गरि महानगर बनाउन यहाँका राजनीतिक पार्टी नेतृत्वको ठूलो योगदान छ । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री एवं हाल चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठुलो योगदान छ । उहाँकै कारण धेरै पूर्वाधार अपुग हुँदा पनि भरतपुर महानगरका स्तर उन्नती भएको थियो ।
महानगर बनाउँदा साविकका भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई समावेश गरि २९ वडामा विभाजन गरिएको हो । यस अघि २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाइएको थियो । सोही नगर पञ्चायतलाई २०४८ सालबाट भरतपुर नगरपालिकाको रुपमा ग्रहण गरिएको थियो । त्यस पछि २०७१ साल मंसिर १६गतेको तत्कालीन नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर र पटिहानी गरि पाँच गाउँपालिकालाई समावेश गरि भरतपुर उप–महानगरपालिका बनाइएको थियो ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यस महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले महानगर प्रमुख र उपप्रमुखमा गठबन्धन गरि प्रमुख पदमा रेनु दाहाल र उपप्रमुख पदमा पार्वती शाह ठकुरी विजयी भएका थिए ।
नेपालमा ७५ जिल्ला रहेको बखत चितवनलाई ७६औ जिल्लाको रुपमा चित्रण गरिँथ्यो । यहाँको बसोवास र रहनसहनले यतिवेला पनि ७८ औं जिल्लाको रुपमा हेरिन्छ । चितवनको भरतपुर महानगरपालिका समग्र जिल्लाकै पहिचान जस्तै प्रकृतिको छ । यस महानगरपालिका क्षेत्रमा नेपालका प्रायः सबै जसो जिल्लाबाट बसाई सराई गरि आएका बासिन्दाहरुको मिश्रित बसोबास छ । त्यही मिश्रित बसोवास यहाँको विकासको आधार हो ।
पाँच वर्ष अन्तरालमा भरतपुर
पाँच वर्ष अगाडि सम्म भरतपुर महानगरपालिका क्षेत्रको बिकास समय गति अनुसार चल्दो थियो । जनघनत्व वढ्ने र नयाँ सहरमा परिणत हुँदा समेत बदलिंदो समयको गतिलाई पक्डिन सकेको थिएन । महानगर घोषणा हुँदै गर्दा महानगरमा हुनुपर्ने अधिकाँश प्रावधान पुरा भएका थिएनन् । माथि उल्लेख भइसके जस्तै मात्र चितवनका राजनीतिक दलहरुको पहल त्यसमा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलकदमी र साथले भरतपुर महानगरपालिकामा परिणत भएको थियो । यहाँको अवस्थाले महानगरलाई गिज्याई रहेको भान हुन्थ्यो ।
उपमहानगरपालिका बाट महानगरपालिपकामा स्तरोन्नती भएपनि, आवस्यक पूर्वाधारको विकास थिएनन् । निर्वाचित जनप्रतिनिधि लाई काम कहाँबाट शुरु गर्ने अन्यौल थियो । काँग्रेस संगको सहकार्यमा जितेर आएकी महानगर प्रमुख रेनु दाहाललाई प्रतिस्पर्धामा रहेको अर्को पार्टीबाट जितेर आएका जनप्रतिनिधिको साथ थिएन् । केही समय काम गर्न समेत निक्कै अप्ठ्रो परिस्थिति सिर्जना भयोे । तर, पछिल्लो समयमा समय परिस्थितिले कोल्टे फे¥यो । लगभग पाँच वर्षको यो अवधिमा भरतपुर देशकै नमूना सहरमा परिणत हुँदै छ । महानगर प्रमुखको जिम्मेवारी सम्हालेकी रेनु दाहाल भन्छिन् “लगभग वितेको पाँच वर्षको पहिलो तीन महिना साउन देखि असोज सम्मको अवधि प्रतिद्वन्द्वी साथीहरुलाई सम्हाल्दैमा वित्यो । झण्डै दुई वर्ष कोरोनाको कारण भने जति काम गर्न सकिएन् । तर पनि यहाँको विकास अन्य स्थानीय तहको भन्दा राम्रै भएको भन्ने ठानेकी छु । मैले मात्र भनेको होइन सबै त्यसै भन्छन । खै सबैको वाहीवाही खाइरहेकी छु ।”
सडक पूर्वाधारमा क्रान्ति
२०७४ पूर्व भरतपुरमा जनसंख्या मात्रै वढेको थियो । पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । सडक पुर्वाधारको अवस्था नाजुक थियो । स्थानीय तहको पहिलो निर्वाचनमा धुलाम्मे सडकमा भोट माग्न हिड्दै गरेको अनुभव सुनाउँदै दाहालले भनिन् “त्यस बखत म जहाँजहाँ पुग्थे त्यहाँ पहिलो आवस्यकता सडक कालोपत्रे गर्नु प¥यो भन्ने हुन्थ्यो । त्यसैले सडक पूर्र्वाधारलाई पहिलो प्राथमिकतामा राख्यौं । यतिवेला केही ठूला परियोजना बाहेक सडक संरचनामा हामीले राम्रै उन्नती गरेका छौं । वितेको पाँच वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरिएको छ । ४५० किलोमिटर सडक स्तरीय ग्राभल गरिएको छ । आगामी एक वर्ष भित्र मुख्य सहरको सडक सौदर्य हेर्न लायक हुनेछ ।” उनले आफुले गरेको विकासमा केन्द्र सरकार, प्रदेश सरकार र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको ठुलो सहयोग रहेको बताउँछीन् ।
संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड आठ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइ सकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ । भरतपुर–मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सडक निर्माण भइसकेको छ ।
पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ किलोमिटर सडक झण्डै दुई अर्ब रुपिंयाँको लागतमा हरियाली (व्यूटिफिकेशन) सहितको ६ लेनको बनाउने काम अन्तिम चरणमा पुगेको छ । बाइपास सडक चार लेन बनाउने काम एकाध महिनामा पुरा हुँदैछ । हुलाकी सडकको १९ कि.मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट को सहायक राजमार्ग खण्डको ८ कि.मि. सडकको काम पनि अन्तिम चरणमा छ ।
गौरबका आयोजनाको थालनी
पाँच वर्ष अगाडिसम्म राष्ट्रिय गौरबका ठूलो आयोजना भरतपुरवासीको कल्पनामा समेत मै थिएनन । नारायणी नदीको तटबन्धन नाम मात्रको थियो । बालुवामा पानी खन्याए जस्तो । हिउँदमा बनायो बर्खामा छैनको अवस्था थियो । अहिले झण्डै छ अर्बको रुपिंयाँको लागतमा नारायणी नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ ।
निर्माणाधीन रिङरोडलाई पूर्णता दिने तयारी भइरहेकोछ । भरतपुर विमानस्थल विस्तारको कार्य अगाडि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हाल रोकिएको काम शुरु गर्ने तयारी गरिएको छ । दुई हजार सिट क्षमताको सिटी हल निर्माणको काम छिटै सम्पन्न हुँदैछ । उज्यालो भरतपुर कार्यक्रम अगाडि बढाइएको छ । मुख्य राजमार्ग र सहरमा ट्राफिक लाइटिङको काम हुँदैछ ।
शैक्षिक सुधारमा सफलता
हिजोका दिनहरुमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण नगन्य थियो । संस्थागत विद्यालयमा विद्यार्थीको चाप थियो । तर वितेको चार पाँच वर्षको दौरानमा भरतपुर महानगरपालिका भित्र सात हजार भन्दा बढी विद्यार्थी नीजि अर्थात संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालय जान थालेका छन् । शिक्षामा सुधार भएको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । महानगरको पहलमा भरतपुरमा प्रहरी विद्यालय सञ्चालन शुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ ।महानगरले आफ्नो बजेटको झण्डै १५ प्रतिशत बजेट शिक्षामा खर्च गर्न शुरु गरेको छ । महानगरको शिक्षाको स्तर बढेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७ प्रतिशत बाट बृद्धि भई २०७७ मा आइपुग्दा ६२ प्रतिशत पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रको कुल साक्षरता दर ९८.५प्रतिशत रहेको छ।
किसान लक्षित कार्यक्रमको सफलता
भरतपुर महानगरपालिकाले वितेको पाँच वर्षको अवधिमा थुप्रै किसान लक्षित कार्यक्रम सम्पन्न गरेको छ । किसानले उत्पादन गरेको दुधमा प्रति लिटर तीन रुपिंयाँ अनुदान दिन थालिएको छ । कृषिमा यान्त्रीकरणको लागि गरिएका कामले यहाँका किसानको कृषि प्रतिको आकर्षण वृद्धि भएको छ । वितेको पाँच वर्षको अवधिमा महानगर दूध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ । यो अवधिमा तीन सय ५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाईका सम्पन्न गरिएका छन् । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता महानगरकै पहलमा सम्पन्न भएको छ ।
आन्तरिक आम्दानीमा वृद्धि
भरतपुर महानगरपालिका स्थापना हुँदाको बखत महानगरको आन्तरिक आम्दानी ४० करोड रुपिंयाँ मात्र थियो । जवकी महानगर बन्नको लागि आन्तरिक आम्दानी कम्तिमा पनि एक अर्ब हुनुपर्ने प्रावधान थियो । तर, यतिवेला महानगरले आफ्नो आन्तरिक आम्दानी एक अर्ब २५ करोड पुु¥याउन सफल भएको छ ।
सुकुम्बासीलाई लालपूर्जा
वर्षौ सम्म जमिनको स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासीका लागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दाता बनेर आएकी छन् । उनकै कार्यकालमा सुकुम्वासीलाई भोट बैंकको रुपमा प्रयोग गरिँदै आएको अवस्थाको अन्त्य भएको छ । भरतपुर महानगरपालिका २ का ४७ घरधुरीबाट शुरु भएको लालपूर्जा वितरणले समग्र चितवनमा भूमिहीनमा आशा पलाएको छ ।
वितेको पाँच वर्षको अवधिमा माथि उल्लेख गरिएका बाहेक धेरै कामहरु भरतपुर महानगरपालिकामा सम्पन्न भएका छन् ।
भरतपुरबासीलाई फेरि रेनुकै आश
जसको भरोसा हुँन्छ त्यही प्रति मानिसको आशा जागृत हुन्छ । वितेको पाँच वर्षको अवधिमा भरतपुर महानगरले गरेको कामले यहाँको नेतृत्व प्रति आम नगरवासीको आशा पलाएको छ ।
वितेको पाँच वर्षको उपलब्धी र त्यस बखत शुरु गरिएका अधुरा काम पुरा गर्न रेनु दाहालको विकल्प सोच्न नसकिने आम नगरवासीहरु बताउँछन् । भरतपुर २ आँपटारी सुकुम्वासी बस्तीकी रचना लामिछाने भन्छिन, “सुुकुम्वासी बस्तीको लागि रेनु दाहालको नेतृत्व अविस्मरणीय हुने देखिएको छ ।” उनका अनुसार यस अघिका नगर प्रमुखहरु हुन या संसद जसले पनि हुन्छहुन्छ भन्दै त्यहाँका बासिन्दालाई झुलाउँदै राखेका थिए । ‘रेनु दाहालको पहलले लालपूर्जा वितरणको शुरुआत भयो । सयौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भने जस्तै हाम्रो लालपूर्जा पाउने बाटो खुल्यो भन्ने लाग्छ’ उनले भनिन् ।
भरतपुर महानगर क्षेत्रमा पछिल्लो समय जे जति विकास निर्माणका काम शुरु भएका छन् ती कामको जस पनि महानगरकी निवर्तमान प्रमुख रेनु दाहालकै हो । महानगरलाई देशको नमूना बनाउने उनको योजनालाई साकार पार्न पनि उनी फेरी नेतृत्वमा आउनुु पर्ने धारणा राख्छन भरतपुर ८ का वडाध्यक्ष दामोदर न्यौपाने । नेपाली काँग्रेस बाट वडाध्यक्ष पदमा जितेका न्यौपानेले विकासकी देवी भनेर सम्बोधन गरेका कारण उनलाई उनको पार्टीले स्पष्टिकरण समेत सोधेको थियो ।
त्यसो त नेकपा एमालेबाट महानगर प्रमुख पदमा उम्म्द्वारी दिएका विजय सुवेदी भरतपुरको विकास त्यति देख्दैनन् । उनले एउटा सार्वजनिक समारोहमा समेत भनेका थिए । महानगरको प्रशासकीय भवन निर्माण गर्न गरिने खर्च इथानोल निकाल्ने काममा प्रयोग गरौं । त्यति मात्र कहाँ होर उनले एक चर्चित टेलिभिजनमा अन्तरवार्ताको क्रममा पनि त्यही कुरा दोह¥याएका थिए । बाटोघाटो विकास होइन । तर, रेनु दाहाल महानगरको प्रमुख हुँदै गर्दा सुवेदीले महानगरले शुरु गरेको गौरवको आयोजना क्रिकेट रंगशालाको लागि आयोजना गरिएको महायज्ञमा होस या गणेशधाम बनाउने प्रयोजनमा भएको महायज्ञमा प्रमुख नेतृत्वको भूमिका निर्वाह गरेका थिए ।