तनहुंँ। तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ बसेनीटार भुजेल समुदायका विपन्न ५५ घरधुरी परिवारलाई लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिले राहत सामाग्री वितरण गरेका छन । कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला ३२५बि २ नेपालका डिस्ट्रीक्ट गर्भनर पिएमजेफ लाइन राम प्रसाद भट्टले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाइ सो राहत हस्तान्तरण गरेका थिए ।
वितरण कार्यक्रममा बोल्दै भट्टले भलवारीको लियो र लायन्स क्लबले नेपालको एक पुण्य भुमि देवघाटमा आई राहत वितरण गरेकोमा लियो र लायन्स क्लबको प्रशंसा गरे ।
गाउंँपालिका अध्यक्ष थापाले बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी र मजदुर लक्षित राहत हस्तान्तरण भन्दै लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटि प्रति आभार व्यक्त गरे । उनले आगामी दिनहरूमा पनि यसरी नै सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताए।
विशिस्ट अतिथि लायन प्रकाश पपण्डितले लायन्स क्लब र लियो क्लब अफ भलवारी सिटिले गरेको पहिलो कार्यक्रम बर्षकै उत्कृष्ट परोपकारी काम भएको बताए ।
कार्यक्रमका संयोजक लियो क्लबका कमल आर्यालले देवघाट क्षेत्रमा पुगेर राहत वितरण गर्न पाउँदा अत्यन्त खुशी भएको प्रतिक्रिया दिदै आगामी दिनहरुमा पनि यस्तै सहयोगलाई निरन्तरता दिने बताए ।क्लबले ५५ घरधुरी परिवारको लागि डेढलाख बराबरको चामल ,दाल,तेल,नुन,चिउरा,भुजा साबुन वितरण गरिएको लियो क्लब अब भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रबिन जोशीले जानकारी दिए ।
कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट लाइन्स क्लबका अध्यक्ष दधिराम सापकोटा,देवघाट लाइन्स क्लबका प्रथम उपाध्यक्ष होम बहादुर भारती,देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ भलवारी सिटी लायनका गणेश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स र लियो क्लब अफ भलवारी सिटिले दियो ५५ भुजेल समुदायका घरधुरीलाई राहत सामाग्री

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु