चितवन । गठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुख उम्मेदवार रेनु दाहालले अबको पाँच वर्षभित्र भरतपुरमा कुनै पनि सडक कच्ची नहुने बताउनुभएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर ५ को चुनावी कोणसभालाई दाहालले सो कुरा बताउनुभएको हो ।
भरतपुर महानगरपालिकामा विगत ५ वर्षमा ६ सय २२ किमि सडक कालोपत्रे भईसकेकाले अबको ५ वर्षमा कुनै पनि सडक कच्ची नरहने प्रतिवद्धता व्यक्त गनुभयो ।अबको ५ वर्षभित्र सडक बाहेक शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा महानगरले गुणत्तर विकास गर्ने पनि उल्लेख गर्नुभयो ।
मेयरका उम्मेद्वार दाहालले पूर्वाधार विकासको जग बसी सकेकाले अबको ५ वर्षमा भरतपुर नमुना सहर बन्ने दाबी गर्नुभयो । भरतपुर वडा नम्बर ५ लाई एकिकृत आवसीय क्षेत्र बनाउन विगतमा पनि विभिन्न छलफलहरु चलेकाले वडालाई आवसीय क्षेत्र बनाई छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।