चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले टाउको झुकाउन नपर्ने गरी गर्व गर्न लायक काम गरेको बताएकी छन् ।
बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी हुन् ।
‘हामीले कास्टिङ देखाएका छौ । अब पुरै फिल्म देखाउँछौ’, दाहालले भनिन्, ‘होला केही कमजोरीहरू भए होलान् । तर, अब पहिलो कार्यकालमा भएका कमीकमजोरीहरू दोहोर्याउँदिनँ, मेरो जित सुनिश्चित छ । यसमा कुनै गाह्रो हुँदैन ।’