काठमाडौं । अन्तर्राष्ट्रिय पेय पदार्थ ब्रान्ड कोकाकोलाले आफ्नो नयाँ उपाध्यक्ष नियुक्त गरेको छ । कोकाकोलाले बिहीबार देवयानी राज्यलक्ष्मी राणालाई भारत र दक्षिण पश्चिम एसियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपनका उपाध्यक्ष नियुक्त गर्ने घोषणा गरेको हो ।
राणा राप्रपा अध्यक्ष मण्डलका नेता पशुपति शमशेर जबराकी छोरी हुन् ।
उनी कोकाकोला कम्पनीको उद्देश्यहरु प्राप्त गर्नका लागि यस क्षेत्रमा यसको नेतृत्व समूहसँग आवद्ध भएकी हुन् ।
राणासँग सरकार र कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, सञ्चार, सीआरएस र दिगोपनमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
पछिल्लो साढे दुई दशकको अवधिमा उनले थुप्रै सरोकारवालाहरुसँग सहकार्य गरि दिगो विकासका कार्यक्रमहरु स्थापना गर्न लागि परिरहेकी थिइन् ।
देवयानी उपाध्यक्षमा नियुक्त भएकोमा भारत र साउथवेस्ट एसियाका अध्यक्ष संकेत रे भन्छन्, “म देवयानीलाई यस उत्साहित चार्टरमा स्वागत गर्न पाउँदा निकै उत्साहित छु, किनभने उनी यस क्षेत्रका लागि उहाँ नेतृत्व टिममा आवद्ध भैससक्नुभएको छ । उहाँले नीति, कानुन, व्यापार सम्झौता, राजनीति लगायत क्षेत्रका अनुभवहरु ल्याउनु हुनेछ ।”
देवयानीले कोकाकोला कम्पनीको उद्देश्यमा आफ्नो योगदानले अझै सुद्दढ बनाउने र पहिलेदेखि नै गति लिइरहेको कामको रफ्तार अझै बढाउन मद्दत पुग्ने अपेक्षा पनि रे ले व्यक्त गरे ।