चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले नेकपा एमालेको उमेदवार अब्बल भएको दावी गरेका छन् ।
रत्ननगर नगरपालिकाको वडा नं २ मा नेकपा एमालेले गरेको घरदैलो तथा कोणसभामा उनले नेकपा एमालेको नेतृत्वमा देश विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए ।
‘यस पटकको उम्मेदवारी नेकपा एमालेले परिकल्पना गरेको नयाँ रत्ननगर, समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्नु हो’ उनले भने, ‘देशमै एउटा उदाहरण प्रस्तुत गर्न सकिने खालको नमुना तथा रत्ननगरमा बसौँबसौँ लाग्ने खालको नगरपालिका निर्माण गर्ने सपना छ ।
नेकपा एमालेले त्यो सपना साकार पार्नेछ ।’ एमालेका उम्मेदवारहरु चुनावी मैदानका अब्बल उम्मेदवारहरु भएकाले यस पटक पनि नेकपा एमालले नै विजयी हासिल गर्ने उनले बताए ।