चितवन । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले काँग्रेस–माओवादी–एकिकृत समाजबादीले एक अर्काको झण्डा बोक्न आग्रह गरेका छन्।
भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पाँच दलीय गठबन्धको सम्पर्क कार्यालयको उद्घाटन गर्दै सभापति खनालले त्यस्तो बताएका हुन् ।
नेपालको ईतिहासर विभन्न चरणमा भएका परिवर्तनका मुद्दामा एक पार्टीले अर्को पार्टीको झण्डा बोक्ने गरेको स्मरण गर्नुभयो । उहाँले ०४६ सालमा भएको अन्दोलनका क्रममा पनि त्यस बेलाका पार्टीले यो झण्डा मेरो पार्टीको, यो झण्डा अर्काको पार्टीको नभनेको उल्लेख गरे ।
त्यस्तै ०६३ सालको जनआन्दोलनमा एक पार्टीले अर्को पार्टीको झण्डा बोकेकै कारण देशमा संघिय गणतन्त्र स्थापना भएको खनालको भनाई छ ।
केपी ओली सरकारले नेपालको संविधानलाई निमोठ्न खोजेपछि अहिलेको बाम–लोकतान्त्रिक गठबन्धको स्थापना भएको बताए ।