चितवन । खैरहनी नगरपालिका गठबन्धनका साझा उमेदवारले संयुक्तरुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ मा आज (सोमबार) गठबन्धनका उमेदवारले संयुक्तरुपमा घरदैलो गरेका हुन् ।
घरदैलो कार्यक्रममा खैरहनी नगरपालिकाका गठबन्धनको मेयर पदका उमेदवार शशी खनियाँ र उपमेयर पदकी उमेदवार लक्ष्मी ढकालले मतदाताको घरघरमा पुगेर गठबन्धनलाई विजय गराउन मत मागेका थिए ।