चितवन । चितवनमा कोरोना संक्रमणबाट आज दुईजनाको मृत्यु भएको छ भने ७३ जना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ४० जना, खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ८ जना, राप्तीमा २ जना, कालिकामा ५ जना र इच्छाकामनामा १ जना रहेका छन् ।
योसँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार १७४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ५४ जना, अस्पतालमा आइसोलेसनमा ९१ जना र सार्वजनिक आइसोलेसनमा २९ जना रहेका छन् ।
हालसम्म चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८७ जना पुगेको छ ।