चितवन । भरतपुर महानगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
भरतपुरमा पाँच दलिय गठबन्धन छ । जसमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । त्यस्तै नेकपा एमाले र राप्रपाको तालमेल रहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच नै गठबन्धन रहेको भरतपुरमा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।
भरतपुर महानगरमा मेयर सहित ३ वडा माओवादीले जितेको थियो भने, उपमेयरसहित २९ वडामध्ये १२ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । त्यस्तै, मेयरमा २०३ मतले पराजित भएको एमालेले २९ वडामध्ये १४ वटा वडामा जित हासिल गरेको थियो ।
गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच नै गठबन्धन रहेको भरतपुरमा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।
मेयरमा २०३ मतको अन्तर थियो भने उपमेयरमा ७ हजार ६ सय ३२ मतको अन्तरले नेपाली कांग्रेसले उपमेयरमा जित हासिल गरेको थियो ।
अहिले फेरी माओवादी केन्द्र र नेपाली कांग्रेस सहितको पाँच दलिय गठबन्धन छ । एमाले फुटबाट जन्मेको नेकपा एसले माओवादी केन्द्रलाई भरतपुरको मेयरमा मतदान गर्दैछ । एमालेले राप्रपासँग तालमेल गरेको छ । दुवैले आफूले जित्ने दाबी गरेका छन्।
भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलोका क्रममा आफुले जित्ने दाबी गरेका छन् । नेकपा एमाले भरतपुर महानगर प्रचार समितिले समेत भरतपुरमा एमाले उम्मेदवारहरुको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निश्कर्ष निकालेको छ ।
भरतपुरमा विकासका लागि एमालेले अगाडि सारेका एजेन्डालाई भरतपुरका मतदाताले मन पराएकाले एमालेको जित सहज भएको भरतपुरका एमालेको मेयरका उम्मेदवार विजय सुवेदीले बताए ।
उता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले आफुले भरतपुरको मेयरहुँदा गरेको बिकासले जनताको मन जित्न सकेको भन्दै फेरिपनि आफनो जित सुनिश्चित भएको बताउँछिन् ।
नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले भरतपुरमा प्रतिगमनकारीको विरुद्ध गठबन्धन भएको बताए । त्यस्तै, भरतपुरमा गठबन्धन विरुद्ध बागी उमेदवारी समेत परेको हुदाँ बागी उम्मेद्वारहरुले नेपाली काँग्रेसको झण्डा प्रयोग गर्नु दुरुपयोग भएको बताउँदै खनाले , बागी उमेदवारीले गठबन्धनलाई कुनै असर नपर्ने बताए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भरतपुरको मेयरमा गठबन्धनको उमेदवार विजय हुने बताउँदै उनले, पाँच वर्षमा जनताको घरदैलोमा मेयर रेनु दाहालले बिकास पु¥र्याएको हुदाँ फेरीपनि गठबन्धनको जित हुने दाबी गरे।
नेकपा एमालेका चुनाव प्रचार प्रसार समितिका संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उम्मेदवारप्रति आकर्षण दिनानुदिन बढेको उल्लेख गर्दै पार्टीले जनतामाझ लगेको एजेन्डा र अघि सारेका उम्मेदवारका ब्यक्तित्वका कारण जनआकर्षण बढ्दै गएको खड्काले बताए । ‘महानगरको बिकास र समृद्धिका लागि पनि एमालेसँग नै आशा बढी छ, मेयर उम्मेदवार विजय सुवेदीसहित अन्य उम्मेदवारहरुको व्यक्तित्व पनि आकर्षक छ । जीत निश्चित देखिएको छ’, खड्काले भने ।