काठमाडौं । स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गए राति चापाकोट नगरपालिका–१, गैरीथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेले ज्यान गुमाएका हुन् ।
राति करिब १० बजे चापाकोटबाट चौघेरातर्फ जाँदै गरेको गैरेले चलाएको लु२०प ३९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ