चितवन । ओली सरकारले गरेका जनविरोधी गतिविधिका बिषयमा विपक्षी गठबन्धनका संयुक्त बिद्यार्थीहरुले आज नारायणगढमा मसाल जुलुस प्रदर्शन गरेका छन् । कमलनगरमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्किएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको हो । पार्टी कार्यालयबाट निस्किएको मसाल जुलुसलाई प्रहरीले तितरबितर्न गर्न खोजे पनि प्रहरी असफल भयो । शुरुवातमा बिरेन्द्र क्याम्पसमा गर्ने भनिएको प्रदर्शन प्रहरीको बाक्लो उपस्थिति रहे पछि त्यहाँबाट स्थान परिवर्तन गरि प्रहरीलाई समेत जनाकारी नगराई गरिएको प्रदर्शनमा बिद्यार्थीहरु एकै ठाउँको दुई स्थानबाट मसालजुलुस निकालेका थिए ।
प्रदर्शनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरिएको थियो । संयुक्त पाँच बिद्यार्थी संठनको आन्दोलनका क्रममा बिद्यार्थीहरुले देशव्यापी रुपमा प्रदर्शन गर्ने क्रममा चितवनमा पनि आज प्रदर्शन गरिएको हो । प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले संसंद बिघटनको बिरुद्ध र जनताले कोरोना खोप नपाएको बिषयमा चर्को बिरोध जनाएका थिए । नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जनमतको स्वास्थ्यमा खेलवाड गर्ने यस्तो सरकार अब देशमा नचाहिएको बताउनु भयो । उहाँले भन्नुभयो “सरकार कहाँ छ । जनता कोभिडको खोप नपाएर छटपटाई रहेका छन् ।स्वास्थ्य मन्त्री कमिसन नपाएर खोप ल्यान हिचकिचाई रहेका छन् ।” जनताको स्वास्थ्यमा खेलवाड गर्ने सरकार आवश्यक नरहेको उहाँको भनाई थियो ।
सभामा अनेरास्ववियू ९क्रान्तिकारी०का जिल्ला संयोजक अबिनास रम्तेल, समाजवादी बिद्यार्थी युनियन चितवनका संयोजक अनोज जोशीले सरकारका गलत कृयाकलापका कारण आँफुहरु आन्दोलनमा आउनु परेको बताउनु भएको थियो ।