चितवन । भरतपुर महानगरपालिकाको मेयरमा बागी उमेदवार दिएका जगन्नाथ पौडेल स्वतः नेपाली कांग्रेसबाट निष्कासन भएका छन् ।
नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निस्कासन गरेको छ।
भरतपुर उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित कांग्रेसका बागी हालेका देशभरका नेताहरू कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका छन्।