चितवन । खैरहनीमा नगरपालिकामा सत्तारुढ गठबन्धनको तालमेल वडामा मिल्न सकेन । मेयर र उपमेयरमा तालमेल भए पनि कांग्रेसभित्रको आपसी कलहका कारण खैरहनीमा तालमेल नमिलेको माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेलले बताए ।
माओवादी केन्द्रले ३ वटा वडा मागेको थियो । कांग्रेसभित्रको आपसी कलहले खैरहनीका कुनै वडा पनि माओवादीलाई नदिएपछि तालमेल नमिलेको उनले बताए । खैरहनीमा माओवादी केन्द्रले ९ वटा वडा (१, २, ३, ४, ५, ८, ९, १०, ११) को वडाध्यक्षमा उमेदवारी दिएको छ ।