चितवन । नेकपा एमाले चितवनले विशाल आमसभा गर्ने भएको छ । वैशाख २६ गते भरतपुर बसपार्कमा केन्द्रीय अध्यक्ष केपी ओलीको उपस्थितिमा विशाल सभा गर्न लागिएको एमाले चितवनले जनाएको छ ।
भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले भने, ‘२६ गतेको आमसभामा केन्द्रीय अध्यक्षको संवोधन हुनेछ, उहाँलगायत थुप्रै केन्द्रीय नेताहरु आउँदै हुनुहुन्छ ।’
भरतपुर महानगरका विभिन्न चार वटा स्थानमा केन्द्रका नेता ल्याउन गरी क्षेत्रीय सभा पनि एमालेले गर्न लागेको छ । बैशाख १८ गते शिवनगरमा, २० गते विजयनगरमा, २२ गते चनौलीबजारमा २४ गते पर्साढापमा क्षेत्रीय चुनावी सभाको आयोजना भएको खड्काले बताए ।