काठमाडौं । छ । भारतमा कोरोना संक्रमणबाट ४ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ३१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८५३ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ४६ हजार ६१७ संक्रमित थपिएका छन् ।
भारतमा तीन करोड चार लाख ५८ हजार २५१ जनामा कोरोना संक्रमण भइसकेको छ ।