चितवन । आगामी बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरु अहिले व्यापक चुनावी प्रचारमा होमिएका छन् । जसरी पनि जित्नैपर्ने मानसिकता पाल्ने नेताहरुले मतदाता तान्न अहिले हरसम्भव प्रयास गरिरहेका छन्।
चितवनमा भरतपुर महानगरका एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतदाता आकर्षित पार्ने नयाँ नयाँ स्टन्ट अपनाउन थालेका छन् ।
मनोनयन दर्ता गर्ने दिनदेखि नै अनेक चुनावी स्टन्ट गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दिन पुगेका सुवेदीले मदन–आश्रित र बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । उनले गठबन्धनबाट रुष्ट कांग्रेसका कार्यकर्ताको सेन्टीमेन्ट क्याच गर्न आफू वीपीका पुस्तकहरु पढेर प्रभावित भएको बताउँदै वीपी कोइरालाको सालिकमा माल्यार्पणसम्म गर्न भ्याए ।
त्यतिमात्र होइन उम्मेदवारी मनोनयन पश्चात् घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई खुट्टामा ढोगेर आर्शीवाद लिएका छन् भने कांग्रेसीसँग सौहार्दता देखाएका छन् । सौहार्दता देखाउनु राम्रो हो तर चुनावको मूखमा ज्येष्ठ नागरिकलाई ढोगेर गरिएको चुनावी स्टन्ट नबुझन मतदाता लाटा पनि पक्कै छैनन् ।
जनताको प्रतिनिधि बन्न त बिकासका परिकल्पना आवश्यक पर्छ । चुनावको मुखमा सस्तो लोकप्रियताले असल जनप्रतिनिधिको उदाहरण प्रस्तुत हुदैन । आफनो भिजन सहित जनताको मन जित्नु आवश्यक हुन्छ । केही समय अघि सुवेदीले भनेका थिए “म सेवक हुँ शासक होइन “। सेन्टीमेन्ट क्याच गर्न गरिएका सस्ता हर्कतले सुवेदीलाई सेवक हुन् भनेर चिनाउँदैन । उल्टै मतदाताको आँखामा छारो हाल्न गरिएको हर्कतको संज्ञा दिन्छ ।
जनताको प्रतिनिधि बन्न त बिकासका परिकल्पना आवश्यक पर्छ । चुनावको मुखमा सस्तो लोकप्रियताले असल जनप्रतिनिधिको उदाहरण प्रस्तुत हुदैन । आफनो भिजन सहित जनताको मन जित्नु आवश्यक हुन्छ । केही समय अघि सुवेदीले भनेका थिए “म सेवक हुँ शासक होइन “। सेन्टीमेन्ट क्याच गर्न गरिएका सस्ता हर्कतले सुवेदीलाई सेवक हुन् भनेर चिनाउँदैन । उल्टै मतदाताको आँखामा छारो हाल्न गरिएको हर्कतको संज्ञा दिन्छ ।
हुन त सुवेदीलेमात्र होइन, गठबन्धनको तर्फबाट भरतपुरमा मेयरकी उम्मेदवार दिएकी रेनु दाहालले पनि मेयरको अन्तिम कार्यकालम सिल्यानास र उद्घाटन गर्दै चुनावी स्टन्टको शुरुवात गरेकी थिइन् । उनले भरतपुर महानगरपालिकाको प्रशासकिय भवन पार्टी अध्यक्ष एवम् सोही क्षेत्रका सांसद पुष्पकमल दाहाललाई ल्याएर गरेकी थिइन् । महानगरको प्रशासकिय भवनको शिल्यानास रेनुको चुनावी स्टन्ट रहेको भरतपुरका मतदाता बताउँछन् ।
त्यतीमात्र नभएर राप्ती नगरपालिकाको २ बर्षअघि बनेर सकिएको पावर स्टेशनको उट्घाटन गर्न पनि पार्टी अध्यक्षलाई अघि लगाएर केन्द्रीय मन्त्री पम्फा भुसाल र कुलमान घिसिङसँगै राप्ती पुगिन् ।
यी सबै भरतपुरको मेयरमा उम्मेदवारी दिएका उम्मेदवारको चुनावी स्टन्ट भयो । पहिले आरोप –प्रत्यारोपबाट चुनावी स्टन्ट सुरु गर्ने नेताहरु अहिले आरोप –प्रत्यारोपमा आइसकेका छैनन् । एमालेले मतपत्र च्यातिएको विषयलाई भरतपुरमा चुनावी स्टन्ट बनाउन बाँकी नै भए जस्तो देखिन्छ । त्यस्तै गठबन्धनले नेकपा एमालेका अध्यक्ष ओलीको घमण्डी पनलाई चुनावी स्टन्ट बनाउन ।
घरदैलोको सुरुवाती दिनहरुमा मतदाता रिझाउन ज्येष्ठ नागरिकको खुट्टामा पुगेका विजय सुवेदीले अब नयाँ चुनावी स्टन्ट के झिक्लान् ? त्यस्तै फेरि पनि मेयरमा दाबी गर्दै गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालको चुनावी स्टन्ट कस्तो होला ?
यदी निर्वाचनमा विजय भए भने विजय सुवेदीले ज्येष्ठ नागरिकको खुट्टामा नमन गर्लान त ? यदी फेरि रेनु दाहाल निर्वाचित भइन् भने, शिल्यानास गरेका अपूर्ण काम पुरा होलान् त ? या यी चुनावी स्टन्टमा मात्र सिमित रहन्छन् !