चितवन। वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको छ । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङले उमेदवारी दिएका छन् । तालमेलबाट एमाले र राप्रपाका उमेदवारलाई जिताउन कति सहज छ ?
एमाले र राप्रपाका उमेदवारहरु संयुक्तरुपमा घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । उमेदवार विजय सुवेदी र हिमला गुरुङले संयुक्तरुपमा घरदैलो अभियान चलाएका छन् । उनीहरुले पश्चिम चितवनको गोलाघाटबाट घरदैलो अभियान चलाइरहेका छन् । गठबन्धनको दल अझै घरदैलो कार्यक्रम सुरु नगरिरहेको अवस्थाा राप्रपा र एमालेले संयुक्तरुपमा घरदैलो कार्यक्रम चलाइरहेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला भएका कारण पनि भरतपुरमा राप्रपाको शक्ति कम नभएको आंकलन गरिएको छ । भरतपुरका केही मतदाताहरु मेयर र उपमेयर दवै पदको जीतका लागि एमाले–राप्रपालाई सहज हुने दावी गर्छन् । २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सीनाले ६ हजार ८४२ मत पाएका थिए ।
एमालेले पनि राप्रपासँगको तालमेलबाट जित सुनिश्चित भएको दावी गरेको छ । यसअघि नै ४२ हजार ९२४ मत ल्याएको एमालेले अहिले त्यसको दोब्बर मतदाता बढेको दावी गरेको छ ।
उनी अहिले राप्रपामा छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् । पछिल्लो समय राप्रपाको क्रेज बढेको छ । नयाँ मतदाता पनि थपिएका छन् । एमाले र राप्रपाका दुवै पक्षका कार्यकर्ताहरुले मेयर र उपमेयर दुबैलाई जित्न तालमेल सहज भएके दावी गर्छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो । निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बनेकी थिइन् । उनले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी प्रसाद ज्ञवाली ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।
एमालेले पनि राप्रपासँगको तालमेलबाट जित सुनिश्चित भएको दावी गरेको छ । यसअघि नै ४२ हजार ९२४ मत ल्याएको एमालेले अहिले त्यसको दोब्बर मतदाता बढेको दावी गरेको छ । ‘सत्तागठबन्धन बागी उमेदवार मिलाउन लागिरहेको समयमा एमाले र राप्रपाले घरदैलो गरिरहेको छन्, संयुक्त सभाहरु हुन थालेका छन् । कांग्रेसको मत विभाजित भएको छ’ एमालेका एक कार्यकर्ताले भने, ‘राप्रपा र एमालेको मत मिलाउदा जित सुनिश्चितजस्तै छ ।’