चितवन । नेकपा एमालेबाट भरतपुर महानगरको मेयरमा उमेदवार दिएका छन् । उनले उमेदवार दिनुअघि दुई काम गरेर आशीर्वाद लिएका छन् ।
उमेदवार दिनुअघि विजय सुवेदीले मदन–आश्रित र बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । उनले आफू वीपीका पुस्तकहरु पढेर आफू प्रभावित भएको बताए ।
सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रितको सालिक र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेर उमेदवार मनोनयन गर्न पुगेका हुन् ।
पार्टी कार्यालयमै २०६२ र ६३ को जनआन्दोलनमा चितवनमा सहिद भएकी तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आशीर्वाद लिएका छन् । जनआन्दोलनमा सुवेदी आफैँ घाइते भएका थिए ।