चितवन । भरतपुर महानगरपालिकाका मेयर पद्का उमेद्वार विजय सुवेदीले भरतपुरको समृद्धिका लागि भरतपुरबासीले आफुँलाई भोट दिनुपर्ने बताएका छन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गर्दै उनले महानगरको समृद्धि र भरतपुरकै माटोको विकासका लागि उनले आफुलाई भरतपुरबासीले भोट दिनुपर्ने बताएका हुन् ।
सुवेदीले भरतपुरमा राजनीतिक क्रान्ति धेरै थरिएको भन्दै आगामी दिनमा आर्थिक क्रान्ति गरी चितवनलाई देशकै राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यस अघि पुरा हुन बाँकी रहेका कामहरुलाई व्यवस्थितरुपमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।’
भरतपुर महानगरको विकाससँगै समग्र चितवनका जनताको जिवनस्तरमा परिवर्तन ल्याउन र अपूर्ण कामहरुलाई पुरा गर्न सम्पुर्ण भरतपुरबासीको साथको आवश्यकता रहेको भन्दै उनले आफुलाई जिताउन अपिल समेत गरेका छन् ।