चितवन । सामाजिक अभियान्ता अर्जुन भुसालले माडी नगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार दिने घोषणा गरेका छन् । उनले आइतबार फेसबुक मार्फत मेयर उमेदवारीको घोषणा गरेका हुन् ।
माडी नगरपालिका–४ का बासिन्दा भुसाल सामाजिक अभियानमा लागेका छन् । राहत तथा उद्धारका अभियानमा उनी क्रियाशील देखिन्छन् ।