चितवन । पाँच दलीय सत्तारुढ गठबन्धनमा भरतपुर महानगरमा वडा विभाजन भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ ।
कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा लिएको छ । यस्तै भरतपुरका ११, १३, २४, २५,२८ नम्बर वडामा माओवादीले अध्यक्ष पाएको छ । २६ नम्बर वडा फाइनल हुन बाँकी छ । नेकपा एसले भरतपुर ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ ।